logo

दुर्गम गन्तव्य उडानमा क्यानले जारी गरेको नयाँ सर्कुलर स्वागतयोग्यः वायुसेवा संचालक संघ

    1022   पटक पढिएको


३ भदौं/अर्थ र व्यापार – नागरिक उड्डयन प्राधिकरणले दुर्गम गन्तव्य उडानमा जारी गरेको नयाँ सर्कुलरलाई वायुसेवा संचालक संघले मुलुकको उड्डयन क्षेत्रका लागि उपयुक्त भनेको छ ।
करिब एक महिनायता प्राधिकरणले जारी गरेको बर्खे मापदण्डप्रति असन्तुष्टि जनाउँदै आएको संघले पछिल्लो समय जारी गरिएको नयाँ सर्कुलर स्वागतयोय रहेको जनाएको हो।
‘हामी हवाई उडान सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन पूर्ण रुपमा सचेत छौं। हवाई उडान संचालन गर्दा भविष्यमा आइपर्ने विविध कठिनाइका विषयहरुमा समेत आवश्यक छलफल तथा सहकार्य गर्दै निरन्तर अगाडि बढ्ने छौं,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्राधिकरणले कर्णालीसहित पहाडी तथा तराई समेतका दुर्गम क्षेत्रमा हवाई सेवा लिँदै आएका जनता तथा पर्यटकमा पर्न गएको कठिनाइलाई मध्यनजर गर्दै नयाँ सुरक्षा निर्देशिका जारी गरेको थियो।
हालको गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै संघले हवाई उडान गर्दा भविष्यमा आइपर्ने कुनै प्रकारका समस्याहरुको उचित पहिचान गरी सहमति र सहकार्यबाट समाधान गर्दै जाने जनाएको छ।
प्राधिकरणले विकट गन्तव्यका विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको अवस्था (भीएमस) सुनिश्चित गरी प्रमुख चालक र डिस्प्याचरको लिखित घोषणा अनिवार्य गरेको छ।
जहाज उडान गर्नु अगाडि भिजुअल मेट्रोलिकल कन्डिसन सुरक्षित सुनिश्चिततापछि पाइलट इन कमान्ड सम्पूर्णरुपमा सन्तुष्ट हुनुपर्ने प्रावधान बनाइएको छ।
यसैगरी नेपालगन्जबाट विकट गन्तव्यका विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीले अनिवार्य फ्लाइट अपरेसन अफिसरको व्यवस्था गर्नुपर्ने तथा सम्बन्धि सम्पूर्ण कार्य उसैले गर्नुपर्ने प्रावधान बनाइएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको संयोजकत्वमा पहाडी क्षेत्रका विमानस्थल संचालन समय पुनरावलोकन गर्ने तथा इन रुट वेदर को उपलब्धतताबारे अध्ययन गरिने जनाइएको छ । प्राधिकरणले जारी गरेको निर्देशिकाले उडान अवरुद्ध भएपछि हुम्लामा भने विरोध भएको छ। उक्त जिल्ला सडक सञ्जालसँग जोडिएको छैन। उडान पनि नहुँदा जनजीवन प्रभावित भएको छ ।
प्राधिकरणलाई निर्देशन सच्याउन हुम्लाको नागरिक समाजले आग्रह गरिसकेको छ भने यही विषयलाई लिएर कर्णाली प्रदेश सभामा प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध पारेको छ। त्यसैले निर्देशन पुनरावलोकनका लागि प्राधिकरण दबाबमा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।