logo

वायुसेवा निगमले साउदीको दमाममा थप उडान सेवा विस्तार गर्ने ,हवाई टिकट बुकिङ खुल्यो

    834   पटक पढिएको


३ भदौ/अर्थ र व्यापार – मुलुकको राष्ट्यि ध्वजाबाहक नेपाल वायुसेवा निगमलले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा थप उडान विस्तार गर्ने भएको छ । जसकालागि निगमले अहिले नै व्यवसायीक उडान तालिकाको मिति समेत तय गरिसकेको छ ।

यस गन्तव्यका लागि निगमले शनिबारबाट हवाई टिकट बुकिङ खुला गरेको वायुसेवा निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यस्तो जानकारी गराएका हुन । निगमका अनुसार आगामी २० भदौबाट नियमित व्यवसायीक उडान सुरु हुने भएको छ ।
यस नयाँ रुटमा साताको दुई दिन बुधबार र शनिबार निगमको विमानले उडान भर्ने भएको छ । आगामी दिनमा यस रुट लगायत विभिन्न ठाउँमा यात्रुहरुमा देखिने चाप र थप माग अनुसार गन्तव्य विस्तार गरिने निगमले जनाएको छ ।

अहिलेलाई ‘काठमाडौं–दमाम एकतर्फी प्रमोसनल फेयर’ प्रतियात्रु ३५ हजार रुपैयाँ तोकिएको छ । यसैगरी, साउदी अरेबियाको दमाम–काठमाडौंका लागि भने प्रति यात्रु ५९५ साउदी रियाल फेयर मुल्य तोकिएको छ ।
वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्यमुलक साउदी अरब धेरै नेपाली कामदार रोजगारीमा जाने रोजगारदाता गन्तव्य देस हो । निगमले थप विस्तार गरेको यस नयाँ गन्तव्यको उडान सेवाले अब नेपालीहरुको आवतजावतलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।