logo

प्राधिकरणका कर्मचारीलाई पर्यटनमन्त्री किरांतीले भने : इयूको सुरक्षा सूचीबाट हट्नेगरी काम गरौं

    731   पटक पढिएको

३० साउन/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित नयाँ भवनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरांतीले मुलुकलाई तत्काल यूरोपीयन युनियनको सुरक्षा सूचीबाट हट्ने गरि काम गर्न निर्देशन दिएका छन्।

प्राधिकरणको भवन अवलोकन गर्दै उनले कर्मचारीहरुलाई दत्तचित्त भएर काम गर्न भनेका हुन्। ‘इयुको सुरक्षा सूचीबाट मुलुकलाई हटाउनका लागि आफ्नोतर्फबाट दत्तचित्त भएर काम गर्नुहोस्। यसलाई आफ्नो जीवनकालमै उत्कृष्ट कामको रुपमा लिनुहोस्’ उनले भने।
नेपालको हवाई सुरक्षा अध्ययनका लागि युरोपेली युनियनका प्रतिनिधि आगामी नोभेम्बरमा नेपाल आउन लागेको सन्दर्भलाई जोड्दै मन्त्री किरातीले कर्मचारीहरुले उत्कृष्ट काम गरी इयूको सुरक्षा सूचीबाट नेपाललाई हटाउनका लागि भूमिका निर्वाह गर्न भनेका हुन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार इयूका प्रतिनिधि आउँदो नोभेम्बरमा स्थलगत अध्ययन अवलोकनका लागि आउँदैछन्। ‘प्राधिकरणका उपमहानिर्देशक नवीना कर्माचार्यको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको छ । जसकालागि विभिन्न सात क्षेत्रबारे अध्ययन सुरु भइसकेको छ’ उनले भने।
सन् २०१० र २०१२ का बीच नेपालमा भएका पाँचवटा हवाई दुर्घटनामा धेरै यात्रुले ज्यान गुमाएका थिए । सोही दुर्घटनाका आधारमा युरोपेली युनियनले नेपाललाई हवाई सुरक्षा कालो सूचीमा राख्दै आएको छ ।
करिब एक वर्षअघि युरोपेली युनियनले हवाई सुरक्षा सूचीबाट हट्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन गर्न अनिवार्य नरहेको जनाइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।