logo

दुर्गम भेगमा १२ बजेपछि उडान नगर्ने निर्णय खारेज गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    679   पटक पढिएको

३० साउन/अर्थ र व्यापार– कर्णालीका विभिन्न जिल्लासहित दुर्गम भेगका विमानस्थलमा १२ बजेपछि उडान नगर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय खारेज गर्न सरोकारवालाहरुले प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।
प्राधिकरणले हाल मौसमको कारण देखाउँदै दिउँसो १२ बजेपछि उडान रोकिरहेको र यसले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको गुनासो व्यवसायीको छ ।
विमान कुर्दा हुम्लामा हालसम्म २ जना बिरामीको ज्यानसमेत गइसकेको भन्दै उनीहरुले ‘अपरेशन आवर’ निर्णयलाई खारेज गरि स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।
कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका हुन् । ‘नागरिकमाथि अन्याय भयो, आवतजावत ठप्प छ, ढुवानी भएका छैन र बिरामीले विमान कुर्दै ज्यान समेत गुमाइसकेका छन्,’ समाजका अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाले भने ।
समाजले निर्णय कार्यन्वयन भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गराएको थियो । कर्णालीका जनप्रतिनिधिसँग समेत छलफल गरी निर्णय फिर्ता लिन सरकारसँग पहल गर्न आग्रह गरको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।