logo

खराव मौसमले हवाई उडान प्रभावित, एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ विमानको उडान पनि रद्द, आन्तरीक उडानमा असर

    763   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – खराव मौसमका कारण आइतबार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देसका धेरै ठाउँको हवाई उडान प्रभावित भएको छ । भारी वर्षाले बिमान उठाउन आवस्यक भिजिबिलिटी न्यन भएको कारण हवाई उडान प्रभावित भएको हो ।

आइतबार काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको विमान पुनः बनारस तर्फ नै डाइभर्ट गरिएको थियो । दिउँसो मौसममा केही सुधार आएपछि सो विमान बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ ।
आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यसैगरि, खराव मौसमका कारण आईतबार भुटानतर्फको उडान समेत प्रभावित भएको छ । गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिकतर्फ पोखराको मौसम अझै खुल्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
खराव मौसमका कारण अहिले सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।