logo

खराव मौसमले हवाई उडान प्रभावित, एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ विमानको उडान पनि रद्द, आन्तरीक उडानमा असर

    1044   पटक पढिएको


२८ साउन/अर्थ र व्यापार – खराव मौसमका कारण आइतबार काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देसका धेरै ठाउँको हवाई उडान प्रभावित भएको छ । भारी वर्षाले बिमान उठाउन आवस्यक भिजिबिलिटी न्यन भएको कारण हवाई उडान प्रभावित भएको हो ।

आइतबार काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको विमान पुनः बनारस तर्फ नै डाइभर्ट गरिएको थियो । दिउँसो मौसममा केही सुधार आएपछि सो विमान बनारस अवतरण गरी पुनः काठमाडौं आइरहेको छ ।
आइतबार चीनबाट काठमाडौं आउने क्रममा रहेका सिचुवान एयरलाइन्स र एयर चाइनाका दुई उडानसमेत प्रतिकुल मौसमका कारण रद्द गरिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

यसैगरि, खराव मौसमका कारण आईतबार भुटानतर्फको उडान समेत प्रभावित भएको छ । गन्तब्य विमानस्थलमा असर नगरे पनि इनरुटमा असर पर्दा उडानहरु प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ ।
आन्तरिकतर्फ पोखराको मौसम अझै खुल्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
खराव मौसमका कारण अहिले सुर्खेत विमानस्थल पनि बन्द रहेको छ । संखुवासभाको तुम्लिङटारका लागि भने आइतबार निर्धारित उडानहरु रद्द गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।