logo

हिमालय एयरलाइन्सले बाल गृहलाई सहयोग गर्यो, करिब चार लाख हस्तान्तरण

    707   पटक पढिएको

१९ साउन/अर्थ र व्यापार – निजी अन्तर्राष्ट्रिय वायुसेवा सेवा कम्पनी हिमालय एयरलाइन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत लवप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ ।
कम्पनीले ‘शिक्षातर्फ पाइला’ अभियानअन्तर्गत यो बालगृहलाई तीनलाख ९६ हजार रुपैयाँ हस्तान्तरण गरेको कम्पनीले जनाएको छ। बिहीबार आयोजित एक कार्यक्रममार्फत कम्पनीका अध्यक्ष झो इन्योङ्गले बालगृहकी अध्यक्ष उषा कार्कीलाई यो रकम हस्तान्तरण गरेका हुन्।

यो रकम बालगृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि खर्चिने जनाइएको छ । यस बाहेक कम्पनीले बालगृहमा बस्दै आएका बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुडो, स्किपिङ रोपलगायत खेलकुदका सामाग्री सहयोग गरेको जनाइएको छ ।

सुन्दरीजलमा रहेको यो बाल आश्रमले हाल १३ बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ । ‘बालगृहलाई गरिएको सहयोगमार्फत बालबालिकाका लागि राम्रो जीवन र बसाईको व्यवस्था गर्न चाहन्छौं।’ हिमालयका अध्यक्ष इनयोङ्गले भने,’ उनीहरूको भविष्य सुन्दर बनोस् भन्ने कामना गर्दछु।’

बालगृहकी अध्यक्ष उषा कार्कीले यो सहयोगमार्फत खेलकुदमा बालबालिकाको रुचि बढाउन खेलकुदका सामाग्रीहरु सहयोग थप विशेष रहेको बताइन्।
नेपाल–चीनबीचको संयुक्त साझेदारीमा रहेको हिमालय एयरलाइन्सले हाल ४ वटा जहाजमार्फत संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश, चीनलगयात विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।