logo

सिचुआन एयरलाइन्सले नेपालमा उडान संख्या बढाउने, अगस्ट अन्तिम साताबाट सातामा ७ उडान भर्ने

    1010   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार – चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नेपालमा नियमित उडान बढाउने भएको छ । यो एइरलाइनसले आगामी अगस्ट अन्तिम साताबाट सातामा ७ उडान भर्ने तयारी गरेको जनाएको छ ।
सिचुआन एयरलाइन्सले गत मार्चबाट पुनः नियमित उडान थालेको थियो । यो एयरलाइन्सले काठमाडौं–छेङ्दु रुटमा अहिले सातामा ४ वटा उडान भरिरहेको छ ।

यात्रुको मागलाई मध्यनजर गर्दै कम्पनीले सातामा ७ उडान गर्ने तयारी गरेको नेपालस्थित आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनलले जनाएको छ ।
आगामी सेप्टेम्बरबाट चिनियाँ पर्यटकको आवतजावत बढ्ने भएकाले अहिले सो कम्पनीले नेपाल उडान थप्न लागेको जानकारी गराउँदै जिएसए कम्पनीका एक कर्मचारीले भने, ‘हाल विमानबाट यात्रा गर्ने नेपाली व्यवसायी बढेकाले पनि यो एयरलाइन्स नेपालमा उडान संख्या बढाउन उत्साहित छ।’
करोना महामारि अघि सिचुआन एयरलाइन्सले काठमाडौंमा साताको ४ वटा उडान भर्दै आएको थियो । सो एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडानका लागि गृहकार्य अघि बढाएको जनाएको छ ।
कोरोना विश्व महामारि नियन्त्रणमा आएपछि अहिले चीनले आफ्नो सीमा खुला गरेसँगै चाइना हिमालय, चाइना साउदर्न, सिचुआन, एयर चाइना, तिब्बत एयर लगायतले काठमाडौंमा नियमित उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।