logo

सिचुआन एयरलाइन्सले नेपालमा उडान संख्या बढाउने, अगस्ट अन्तिम साताबाट सातामा ७ उडान भर्ने

    748   पटक पढिएको


१६ साउन/अर्थ र व्यापार – चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नेपालमा नियमित उडान बढाउने भएको छ । यो एइरलाइनसले आगामी अगस्ट अन्तिम साताबाट सातामा ७ उडान भर्ने तयारी गरेको जनाएको छ ।
सिचुआन एयरलाइन्सले गत मार्चबाट पुनः नियमित उडान थालेको थियो । यो एयरलाइन्सले काठमाडौं–छेङ्दु रुटमा अहिले सातामा ४ वटा उडान भरिरहेको छ ।

यात्रुको मागलाई मध्यनजर गर्दै कम्पनीले सातामा ७ उडान गर्ने तयारी गरेको नेपालस्थित आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेशनलले जनाएको छ ।
आगामी सेप्टेम्बरबाट चिनियाँ पर्यटकको आवतजावत बढ्ने भएकाले अहिले सो कम्पनीले नेपाल उडान थप्न लागेको जानकारी गराउँदै जिएसए कम्पनीका एक कर्मचारीले भने, ‘हाल विमानबाट यात्रा गर्ने नेपाली व्यवसायी बढेकाले पनि यो एयरलाइन्स नेपालमा उडान संख्या बढाउन उत्साहित छ।’
करोना महामारि अघि सिचुआन एयरलाइन्सले काठमाडौंमा साताको ४ वटा उडान भर्दै आएको थियो । सो एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि नियमित उडानका लागि गृहकार्य अघि बढाएको जनाएको छ ।
कोरोना विश्व महामारि नियन्त्रणमा आएपछि अहिले चीनले आफ्नो सीमा खुला गरेसँगै चाइना हिमालय, चाइना साउदर्न, सिचुआन, एयर चाइना, तिब्बत एयर लगायतले काठमाडौंमा नियमित उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।