logo

हवाई टिकटमा लगाईएको भ्याट खारेजीको माग गर्दै व्यवसायी सर्वोच्च अदालतमा

    1036   पटक पढिएको


१२ साउन/अर्थ र व्यापार – हवाई टिकटमा चालु आर्थिक वर्ष २०८०/८१ बाट लागू भएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै सम्बन्धीत पर्यटन व्यवसायी सर्वोच्च अदालत पुगेका छन् ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले बिहीबार सर्वोच्च अदालतमा पुगेर यो व्यवस्था खारेजीको माग गर्दै रिट दायर गरेको हो ।
हवाई सेवामा यसरी भ्याट लगाउँदा नेपालको पर्यटनसँग सम्बन्धित सेवा महँगो हुने व्यवसायीको धारणा छ ।
यसैगरि, उनीहरुले अर्कोतर्फ आएटा र आईकाओको प्रावधान अनुसार पनि अन्तर्राष्ट्रिय हवाई सेवा शून्य भ्याटमा आधारित हुनुपर्ने भएकाले यसलाई सच्याउन माग गरिएको बताएका छन ।
नाट्टाका अध्यक्ष रमेश थापाले यस्तो जानकारी गराएका हुन । उनले यसअघि आफुहरुले धेरैपटक सम्बन्धीत निकाय तथा सरकारसँग यो निणर्य फिर्ता गर्न आग्रह गर्दा अहिले आफुहरु अदालत जान बाध्य भएको बताए । उनले अझै यो समस्या समाधान गर्न विभिन्न निकायसँग छलफल र सहकार्य गर्न तयार रहेको समेत बताए ।

उनले नाट्टाले अध्यक्ष परिषद, नाट्टा सल्लाहकारहरु, कानुन व्यवसायी तथा कर परामर्शदाताहरुको सल्लाह सुझाव र नाट्टा बोर्डको निणर्यबाट कानुनी उपचारकालागि सर्वोच्च अदालत गएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।