logo

मनाङ एयरको हेलिकोप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु ,सबै शव काठमाडौं ल्याइँदै

    913   पटक पढिएको

२६ असार/अर्थ र व्यापार – सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा क्याप्टेन सहित ६ जनाकै मृत्यु भएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन–एएमभी कलसाइनको हेलिकप्टर सोलुको लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिक यात्रुको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार सो हेलिकोप्टर दुर्घटनाबाट मृत्यु हुनेहरुमा मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीले एकजना चालक सहित ६ जनाकै शव भेटिएको जानकारि दिए । उनले दुर्घटनास्थलको मौसम प्रतिकूल भएका कारण नजिकै भकान्जे भन्ने स्थानमा उद्धारका लागि दुई वटा हेलिकप्टर पुगेर मृतकहरुको शव संकलन गरी काठमाडौं ल्याउन लागेको बताए ।
मनाङ एयरको ९एन–एएमभी हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए । हेलिकोप्टर पाइलट चेतबहादुर (सीबी) गुरुङले उडाएका थिए । सो हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छैन ।
खराब मौसमका कारण उदारका लागि दुर्घटनास्थल पुगेको अन्य हेलिकोप्टर अवतरण गर्न कठिनाई भएको थियो । दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली सबैभन्दा पहिला उद्धारमा पुगेको थियो ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको सो हेलिकप्टर सोलु दूधकुण्ड नगरपालिका २ र लिखुपिके गाउँपालिका–५ को सीमा लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।
सो हेलिकोप्टर दुर्घटना हुनेबेला लामजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको विमानस्थल कार्यालयले जनाएको छ । सो हेलिकोप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । उनका अनुसार हेलिकोप्टर १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको थियो ।
लुक्ला विमानस्थलको मौसम खराब भएकाले काठमाडौंबाट गएको सो हेलिकोप्टर सुर्केमै अवतरण गरिएको थियो । यात्रुहरूलाई सुर्केसम्म गाडीबाटै ल्याएर काठमाडौं उडाइएको थियो । दुर्घटनाको खबर पाउनेबित्तिकै सोलु दूधकुण्ड नगरपालिका–२ बेनीस्थित प्रहरी चौकीबाट असई निराजन बस्नेत नेतृत्वको टोली दुर्घटनास्थल पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।