logo

धान रोप्दै पर्यटन राज्यमन्त्री सिर्पालीले भनिन‘कृषिलाई पर्यटनसँग जोड्नुपर्छ’

    738   पटक पढिएको


१५ असार/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताएकी छिन । शुक्रबार १५ असारको धान रोपाइँ दिवस मनाउन नुवाकोट पुगेकी राज्यमन्त्री सिर्पालीले यस्तो बताएकी हुन् ।
राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८० को शुभारम्भ गर्दै धान रोपाईमा सहभागी भएकी सिर्पालीले कृषिलाई पर्यटनसँग जोड्न आवश्यक रहेको बताएकी हुन् ।
नुवाकोटको बेलकोटगढी नगरपालिकामा आयोजित रोपाई महोत्सवको उद्घाटन गर्दै पर्यटन राज्यमन्त्री सिर्पालीले कृषि देशको आर्थिक मेरुदण्ड भएकोले यसलाई पर्यटनसँग जोड्न सकिए देसको अर्थतन्त्र थप मजबुत बन्न सक्ने बताइन् ।
उनले कृषिमा आत्मनिर्भरताका लागि समेत प्रेरित गर्न आफू धान रोपाई कार्यक्रममा सहभागी भएको बताइन् । शुक्रबार २० औं राष्ट्रिय धान दिवसको अवसरमा नुवाकोटमा राष्ट्रिय स्तरको भिटोफ नेपाल तथा बेलकोटगढी नगरपालिकाको संयुक्त आयोजनामा रोपाई महोत्सव २०८० को आयोजना गरिएको थियो ।
धान रोपाई हाम्रो संस्कृति भएकोले धानमा नेपाललाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने भन्दै राज्यमन्त्री सिर्पालीले पर्यटनलाई स्थानीय कृषि उपज सँग जोड्न आग्रह गरिन। ‘हाम्रो संस्कृति,सम्पदा, प्रकृति सँगै कृषिलाई पनि पर्यटनसँग समेट्नुपर्छ र समग्र ग्रामीण र पर्यटनको दिगो विकासका लागि कृषि पर्यटन आजको आवश्यकता पनि हो’ राज्यमन्त्री सिर्पालीले भनिन् ।
सो कार्यक्रममा भिटोफका पदाधिकारीहरु लगायत पर्यटन क्षेत्रसित सम्बन्धीत सरोकारवालाहरु तथा बेल्कोटगढी नगरपालिकाका मेयर जगतबहादुर लामा लगायत सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।