logo

झुटो समाचार प्रकाशित गरेको भन्दै एनएमएले जनायो आपत्ति

    923   पटक पढिएको


८ असार /अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघ (एनएमए) ले एक अनलाइन न्युज पोर्टलले ‘नेपाल पर्वतारोहण संघ बन्यो मानव तस्करीको अखडा’ भनेर प्रकाशित गरेको समाचारप्रति गम्भिर आपत्ति जनाएको छ ।
सो समाचारमा संघका अध्यक्षकै संलग्नतामा ३ जना संघका पदाधिकारी क्यानडामा लुकेर बसेको भनेर यस्तो हुँदै नभएको झुटो समाचार प्रकाशित गरि संघलाई नै बदनाम गर्ने काम गरेको भन्दै संघले यस्तो आपत्ति जनाएको हो ।
संघका अध्यक्ष निमानुरु शेर्पा ५ औं चाइना पर्यटन तथा साँस्कृतिक एक्पो कार्यक्रममा सहभागी हुनकालागि चिन गएको अवसरमा संघका अध्यक्षलाई जोडेर यस्तो झुटो समाचार प्रकाशित गरेकोमा खण्डन गर्दै संघले सो समाचारमा उल्लेख भएको व्यत्तिहरु रामचन्द्र धमला, डोमा शेर्पा र लालबहादुर वाइवा यस संघको केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु नभई उनीहरु केन्द्रिय कार्यसमितिका सदस्यहरु मात्र भएको स्पष्ट पारेको छ ।
यसैगरि संघले यि व्यक्तिहरु संघ इन्टरनेस्नल क्लाम्विङ एण्ड माउन्टेरिङ फेडेरेसन ( युआईएए) का साधारण सदस्य हुनकालागि संघलाई निमन्त्रणा प्राप्त भएको थियो ।
सोही बमोजिम गत २१ भदौमा बसेको संघको केन्द्रिय कार्य समितिको बैठकले युआईएएको साधारण सभामा सहभागी हुन उनीहरुलाई समेत मनोनयन गर्ने निणर्य भएको थियो। सोही निर्णय अनुसार उनीहरु सो कार्यक्रममा सहभागी भई फर्किएको र त्यसपछि उनीहरु कता गएको भन्नेबारे संघलाई औपचारिक रुपमा जानकारी नभएको समेत यस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।