logo

अर्थमन्त्री समक्ष हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग

    780   पटक पढिएको


६ जेठ/अर्थ र व्यापार – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको बजेट मार्फत हवाई टिकटमा लगाइएको मुल्यअभिबृद्धिकर (भ्याट) फिर्ता गर्न माग गरेको छ ।

नाट्टाका अध्यक्ष रमेश थापाको नेतृत्वमा गएको प्रतिनिधीले अर्थमन्त्री महतलाई भेटेर यस्तो माग गरेको हो । नाट्टाले वैदेशिक भ्रमणको प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरिएकोमा पनि आपत्ति जनाएर यस्तो निणर्य फिर्ता गर्न अर्थमन्त्री महतको ध्यानाकर्षण गराएको छ ।
गत १५ जेठमा सरकारले सार्वजनिक गरेको बजेटमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको नाट्टाका प्रतिनिधीले अर्थमन्त्री महतलाई विभिन्न तिनबुँदे मागपत्र बुझाएका छन् ।

‘विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने नाट्टाको सो मागपत्रमा उल्लेख छ ।
सोही मागपत्र अनुसार नाट्टाले बजेट मार्फत सरकारले गरेको यस्तो कार्यले देसको पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

यसैगरि, नाट्टाले बजेट मार्फत सरकारले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु पनि गलत भएको बताएको छ ।
सरकारले अहिले पनि विभिन्न शिर्षकहरु राखि हवाई टिकटमा कर उठाईरहेको सर्वविदितै छ । यसका साथै नयाँ बजेट मार्फत लागु गर्न खोजिएको आउटबोन टुरको ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरि र कुन आधारमा लिइने हो ? त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यो नियम कार्यान्वयनको पक्ष एकदमै जटिल रहेको भन्दै नाट्टाले यो निणर्य फिर्ता लिन माग गरेको छ । सोही पत्र मार्फत नाट्टाले सरकारलाई विभिन्न सुझाव समेत दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।