logo

काठमाडौं महानगरपालिकाले विमानस्थलको तारबार काटिदिएपछि प्राधिकरणले बालेनलाई सोध्यो स्पष्टीकरण, कानूनी कारवाही गर्ने चेतावनी

    741   पटक पढिएको

१ असार/अर्थ र व्यापार – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ७ दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार काठमाडौ महानगरका प्रमुख मेयर साहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर बालेनलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।

शुक्रबार प्राधिकरणले सार्जजनिक सूचना निकालेर ७ दिने स्पष्टीकरण सोधेको हो ।प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको बताए । महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले बिहीबार प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सीङ्ग तार काटेका थिए ।
‘प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे÷ गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो । नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ अएको थियो ।
महानगरपालिाकाका कर्मचारीबाट यस्तो आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा प्राधिकरण ऐन, २०५३ को दफा २५(१)बमोजिम संजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु’ प्राधिकरणको पत्रका यस्तो उल्लेख छ ।
यसअघि महानगरपालिकाले प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र निर्मित नयाँ भवनहरुको नक्सा पास नै नगरिकन बनाईको भन्दै यस्तै अल्टिमेटम दिएको थियो । अहिले यस विषयलाई लिएर महानगरपालिका र प्रधिकरणबीच ठुलो बिबाद भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।