logo

बजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न नाट्टाको माग

    1329   पटक पढिएको

१८ जेठ/अर्थ र व्यापार – नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको बजेट मार्फत हवाई टिकटमा लगाइएको मुल्यअभिबृद्धिकर (भ्याट) फिर्ता गर्न माग गरेको छ ।
यसैगरि, नाट्टाले वैदेशिक भ्रमणको प्याकेज विक्री गर्दा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने व्यवस्था गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले बिहीबार विज्ञप्ती जारी गर्दै सरकारसँग यस्तो माग गरेका हुन । गत १५ जेठमा सरकारले सार्वजनिक गरेको बजेटमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेका छन् ।
‘विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ’ अध्यक्ष थापाले विज्ञप्तिमा भनेका छन ।

सोही विज्ञप्ति मार्फत नाट्टाले कोरोना महामारीपछि विस्तारै तंग्रिदै गरेको नेपालको पर्यटन व्यवसायमा साविककै आन्तरिक तथा अन्तर्राष्ट्रिय भाडादर महंगो भईरहेको अवस्थामा अहिले यसरी भ्याट थप्दा भाडादर झनै महंगो पर्ने र यात्रुले खरीद गर्न नसक्ने अवस्था देखिएको जनाएको छ ।
बजेट मार्फत सरकारले गरेको यस्तो कार्यले देसको पर्यटन व्यवसाय र सम्बन्धित सरोकारवाला निकायसँगको छलफल र समन्वयबिना ल्याइएका नीति, नियमले उपभोक्ता, पर्यटन व्यवसायी र समग्र पर्यटन क्षेत्रलाई नै प्रतिकुल असर पर्ने नाट्टाले जनाएको छ ।

यसैगरि, नाट्टाले बजेट मार्फत सरकारले सुविधा सम्पन्न तथा तारे होटलमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्था गर्नु पनि गलत भएको बताएको छ । त्यसैगरि, नाट्टाले सन् २०२३ देखि २०३२ लाई पर्यटन भ्रमण दशकका रुपमा मनाउने निर्णय बजेटमार्फत गरिनु सकारात्मक पक्ष भएको जनाएको छ ।
निजगढ विमानस्थल निर्माण गर्ने, अन्य विमानस्थलको स्तरोन्नती गर्ने, सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने, नयाँ गन्तव्यस्थलको पहिचान र पूर्वाधार विकास गरिनु सकारात्मक भएको नाट्टाले जनाएको छ ।

गत आर्थिक वर्षको तुलानामा आव २०८०/८१ का लागि पर्यटन क्षेत्रमा दुई अर्ब ५० करोड रुपैयाँ भन्दा बढी बजेट थप गरिनु नेपालको समग्र पर्यटन उद्योगीका लागि खुसीको विषय भएको नाट्टाले आफ्नो धारणामा भनेको छ ।
सरकारले अहिले पनि विभिन्न शिर्षकहरु राखि हवाई टिकटमा कर उठाईरहेको सर्वविदितै छ । यसका साथै नयाँ बजेट मार्फत लागु गर्न खोजिएको आउटबोन टुरको ५ प्रतिशत तथा हवाई टिकटमा लगाइने भनिएको १३ प्रतिशत भ्याट के कसरि र कुन आधारमा लिइने हो ? त्यसको स्पष्ट व्ययस्था समेत नभकाले यो नियम कार्यान्वयनको पक्ष एकदमै जटिल रहेको भन्दै नाट्टाले अहिले ल्याईएको भ्याट र करसम्बन्धी व्यवस्थालाई कार्यान्वयन नगर्न र हालकै व्यवस्थालाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।