logo

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभामा सम्पन्न ,पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्छौं: पर्यटनमन्त्री किराँती

    780   पटक पढिएको


४ जेठ/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुने बताएका छन् ।
बिहीबार काठमाडौमा सम्पन्न नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभामा मन्त्री किराँतीले यस्तो जानकारी गराएका हुन । उनले आगामी असारको पहिलो सातादेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए ।
‘आगामी ८ असारदेखि पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान गर्दैछौँ, हिजो मात्रै अन्तिम कुराकानी गरेका छौँ’ मन्त्रि किराँतीले भने ।
गत १७ पुसदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको नेपालको तेस्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न सकेको छैन । यो विमानस्थल भएर आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रियतर्फ अहिलेसम्म कुनैपनि उडान भएका छैनन् । विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
यस्तो अवस्थाकाबीच पर्यटनमन्त्री किराँतीले पोखराबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान भर्ने बताएपनि कुन÷कुन एयरलाइन्सका विमानबाट उडान हुने भन्नेबारे खुलाएनन् ।
उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी २९ जेठदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्ने जानकारी दिए । मन्त्री किराँतीले जानकारि गराए अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुने छन् । सो प्रयोजनका लागि अहिले टिकट बुकिङ खुलिसकेको निगमले जनाएको छ ।
पर्यटनमन्त्री किराँतीले सञ्चालनमा नरहेका १८ वटा विमानस्थलको व्यावसायिक सम्भावना हेरेर यथाशीघ्र सञ्चालन गरिने जानकारी गराए । नेपाल वायुसेवा निगमलाई व्यावसायिक रुपमा प्रतिस्पर्धी बनाउने उद्देश्यले आन्तरिक उडानमा बजार विस्तारका लागि थप विमान खरिद गर्न लागेको र ‘हब’ विमानस्थलमा उडान भर्नेगरी तीनथान विमान खरिद प्रक्रिया अघि बढाइएको उनले जानकारि दिए ।
यसैगरि, मन्त्रि किराँतीले भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति नागरिक तवरबाट खबरदारी हुन जरुरी भएको धारणा राखे । नेपालको पर्यटन क्षेत्रको विकास प्रवद्र्धनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकामा जोड दिँदै उनले सरकार र निजी क्षेत्रको साझेदारीलाई बढाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आगामी नयाँ बजेटपछि ऐन निर्माणको दिशामा मन्त्रालय लाग्ने र त्यस प्रक्रियामा व्यवसायीको रायसुझाव लिइने जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीपछि पर्यटन क्षेत्र पुरानै लयमा फर्केको यस्तो संकेतले पर्यटन क्षेत्रमा केही उत्साह थपेको बताए । उनले पर्यटन क्षेत्रको दिगो विकासका लागि निजी क्षेत्र र सरकारको साझेदारी फराकिलो बनाएर पर्यटकीय पूर्वाधार विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रको सम्भावनालाई व्यवहारमा परिणत गर्न सबै क्षेत्रको सक्रियताको खाँचो औँल्याए । बरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन पूर्वाधार विकास र प्रवद्र्धनका कामसँगै अघि बढाइनुपर्ने धारणा राखे ।
नाट्टाका अध्यक्ष रमेश थापाले कोरोनापछिको पर्यटनलाई पुरानै लयमा फर्काउन अझै केही मेहनत गर्नु आवस्यक भएको बताए । जसकारलागि निजी क्षेत्रको प्रयासमा सरकारले साथदिनुपर्ने उनको भनाई थियो ।
सो अवसरमा नाट्टाले पर्यटन क्षेत्रमा योगदान पु¥याउने व्यवसायी कर्ण शाक्य, इभरग्रिन टुर्स इन्टरनेस्नल प्रालिका प्रवन्ध निर्देशक चित्रबहादुर गुरुङ, राष्ट्रिय समाचार समितिका सिबि अधिकारी लगायत विभिन्न व्यक्तिहरुलाई कदरपत्र र पुरस्कारद्धारा सम्मान गरेको थियो । पर्यटनमन्त्री किराँती, पर्यटन सचिव सुरेश अधिकारी र पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मीले उनीहरुलाई सम्मानपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।