logo

पर्यटक आगमन संख्या बढ्यो,अप्रिलमा मात्र ९९ हजार नेपाल भित्रिए

    731   पटक पढिएको


२० बैशाख/अर्थ र व्यापार – अहिले विविभन्न देसबाट नेपाल भित्रिने पर्यटक आगमन संख्या बढेको छ । अप्रिल २०२३ मा विभिन्न देशबाट ९८ हजार सात सय ७३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।
यो संख्या कोभिडअघि अप्रिल २०१९ को तुलनामा ९०.२८ प्रतिशतले वढी हो । अप्रिलमा एक लाख नौ हजार तीन सय ३९ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ।
गत वर्षको अप्रिल (सन् २०२२) मा भन्दा ३७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ । अप्रिल २०२२ मा ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका थिए।
कोभिड महामारी सुरु भएपछि सन् २०२० पर्यटक आगमन स्वात्तै घटेको थियो । सो वर्षको अप्रिलमा १४ जना मात्र पर्यटक आएको थियो । कोभिड कम हुँदै गएपछि अप्रिल २०२१ मा २२ हजार सात सय ३२ पर्यटक आएका थिए।

कोभिड महामारी कम हुँदै गएपछि २०२२ देखि नै विदेशी पर्यटक आगमन सुधार हुँदै गएको हो। सन् २०२२ मा कुल ६ लाख १४ हजार पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।
अप्रिल २०२३ मा पनि सबैभन्दा बढी पर्यटक भारतबाट नै आएका छन् । एक महिनामा ३१ हजार चार सय ३७ भारतीय नेपाल भ्रमणमा आएको तथ्यांक छ । अमेरिकाबाट आठ हजार चार सय १३ पर्यटक आएर दोस्रो बनेको छ।
बेलायतबाट पाँच हजार चार सय नौ पर्यटक आएका छन् भने चीनबाट चार हजार सात सय ७० पर्यटक आएको बोर्डले जनाएको छ । अघिल्लो महिना मार्चमा करिब दुई हजार ६ सय चिनियाँ नेपाल आएका थिए।
यस्तै, अस्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार दुई सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार ६ सय ६७, बंगलादेशबाट दुई हजार दुई सय १७ र थाइल्यान्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल भ्रमणमा आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।