logo

निगमले जेठ दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुर शिधा उडान भर्ने

    689   पटक पढिएको


३ बैशाख /अर्थ र व्यापार – मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले आगामी जेठको दोस्रो सातादेखि भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा शिधा उडान भर्ने भएको छ । जसकालागि अहिले आवस्यक तयारीमा जुटेको निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवालाई दुई गन्तव्यमा जोड्ने भएको हो ।
निगमका प्रवक्ता रमेश पौडेलले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली र क्वालालाम्पुरमा नियमित उडानको तयारी गर्न टास्क फोर्स गठन गरिएको बताए । यहि तालिका अनुसार आगामी जेठ दोस्रो सातादेखि कम्तीमा दुईवटा गन्तव्यमा उडान सुरु गरिने उनले जानकारी दिए ।
पौडेलले आवश्यक उडान अनुमति,जनशक्ति,प्राविधिक तयारी, बजारीकरण लगायत कार्यलाई तीब्रता दिई समयमै काम सक्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरेको जानकारी दिए ।
उनले आवश्यक उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको कार्य अगाडि बढाइसकेको र अनुमति आउनासाथ बकिङ खुल्ला गरिने बताए । दुई मुलुक र इनरुट पर्ने मुलुकमा आवश्यक पर्ने अनुमतिका लागि निवेदन दिइसकेको जानकारि गराउँदै पौडेलले भने,‘सातामा कम्तीमा एकउडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।’
निगमका अनुसार अब थप यात्रुको चाप बढ्यो भने उडान संख्या बढाइने छ । निगमले यी दुई गन्तव्यबाट अहिले काठमाडौंमा भने नियमित उडान भरिरहेको छ । भैरहवास्थित लुम्बिनी अन्तर्राष्ट्रि विमानस्थलबाट अहिले जजिरा एयरले मात्र नियमित उडान भरिरहेको छ । निगमले दुवै रुटमा ए ३२० विमान प्रयोग गर्ने गरी तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।