logo

आजदेखि कैलाश हेलिकोप्टर छैटौं वर्षमा, दुईवर्षमा थप एउटा हेलिकोप्टर थप्ने लक्ष्य

    1053   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकोप्टरले बिहीबारबाट व्यवसायीक उडान संचालनको पाँचवर्ष पुरागरि छैटौं वर्षमा प्रवेश गरेको छ ।
हाल तीनवटा हेलिकोप्टर मार्फत व्यवसायिक उडान सेवा दिँदै आएको कैलाश हेलिकोप्टर कम्पनीले आगामी दुई वर्ष भित्रमा थप एउटा हेलिकोप्टर थपेर उडान विस्तार गर्ने योजना बनाएको छ । सो कम्पनीका संचालक प्रतापजंग पाण्डेले यस्तो बताएका हुन ।
‘आजबाट हामी छैटौं वर्षमा प्रवेश गरेका छौं। हामीले स्थापनाकालदेखि पाँच वर्षमा पाँचवटा हेलिकोप्टर संख्या विस्तारको व्यवसायिक योजना बनाएका थियौं । तर, कोभिड–१९ का कारण यो योजना धकेलिएको छ’ पाण्डेले भने ।
उनले अब आगामी दुई वर्ष भित्रमा थप एउटा हेलिकोप्टर ल्याएर उडान संख्या विस्तार गर्ने लक्ष्य लिएको बताए । सन् २०१७ को ५ मे मा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आन्तरिक हेलिकोप्टर उडान इजाजतपत्र पाएको यो कम्पनीले सन् २०१८ को २३ मार्चबाट आफ्नो व्यवसायीक उडान सेवा सुरु गरेको थियो।
हाल यो कम्पनीले तीनवटा एयरबसको एएस ३५० बी ३ सिरिजको हेलिकोप्टरमार्फत उडान सेवा प्रदान गर्दै आएको छ । अब एउटा हेलिकोप्टर विस्तारसँगै यस कम्पनीसँग चारवटा हेलिकोप्टर हुनेछ ।
हाल यस कम्पनीले यात्रु चार्टर, कार्गो, सिलिङ, फिल्म सूटिङ, आपतकालिन उडान तथा रेस्क्यु लगायत विभिन्न क्षेत्रमा आफ्नो सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।