logo

आजदेखि कैलाश हेलिकोप्टर छैटौं वर्षमा, दुईवर्षमा थप एउटा हेलिकोप्टर थप्ने लक्ष्य

    734   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनी कैलाश हेलिकोप्टरले बिहीबारबाट व्यवसायीक उडान संचालनको पाँचवर्ष पुरागरि छैटौं वर्षमा प्रवेश गरेको छ ।
हाल तीनवटा हेलिकोप्टर मार्फत व्यवसायिक उडान सेवा दिँदै आएको कैलाश हेलिकोप्टर कम्पनीले आगामी दुई वर्ष भित्रमा थप एउटा हेलिकोप्टर थपेर उडान विस्तार गर्ने योजना बनाएको छ । सो कम्पनीका संचालक प्रतापजंग पाण्डेले यस्तो बताएका हुन ।
‘आजबाट हामी छैटौं वर्षमा प्रवेश गरेका छौं। हामीले स्थापनाकालदेखि पाँच वर्षमा पाँचवटा हेलिकोप्टर संख्या विस्तारको व्यवसायिक योजना बनाएका थियौं । तर, कोभिड–१९ का कारण यो योजना धकेलिएको छ’ पाण्डेले भने ।
उनले अब आगामी दुई वर्ष भित्रमा थप एउटा हेलिकोप्टर ल्याएर उडान संख्या विस्तार गर्ने लक्ष्य लिएको बताए । सन् २०१७ को ५ मे मा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आन्तरिक हेलिकोप्टर उडान इजाजतपत्र पाएको यो कम्पनीले सन् २०१८ को २३ मार्चबाट आफ्नो व्यवसायीक उडान सेवा सुरु गरेको थियो।
हाल यो कम्पनीले तीनवटा एयरबसको एएस ३५० बी ३ सिरिजको हेलिकोप्टरमार्फत उडान सेवा प्रदान गर्दै आएको छ । अब एउटा हेलिकोप्टर विस्तारसँगै यस कम्पनीसँग चारवटा हेलिकोप्टर हुनेछ ।
हाल यस कम्पनीले यात्रु चार्टर, कार्गो, सिलिङ, फिल्म सूटिङ, आपतकालिन उडान तथा रेस्क्यु लगायत विभिन्न क्षेत्रमा आफ्नो सेवा दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।