logo

पर्यटक आगमन संख्या बढ्यो,दुई महिनामा १ लाख २८ हजार ३२९ जना भित्रिए

    787   पटक पढिएको

१७ फागुन/अर्थ र व्यापार – सन् २०२३ को वितेका दुई महिनाको अवधि जनवरी र फेब्रुअरीमा १ लाख २८ हजार ३२९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरी र फेब्रुअरीमा सो संख्यामा पर्यटक नेपाल आएका हुन् । जनवरीमा ५५ हजार ७४ जना पर्यटक नेपाल आएका थिए । फेब्रुअरीमा ७३ हजार २५५ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
चीन सरकारले ६ फेब्रुअरीबाट आफ्ना नागरिकलाई भ्रमणमा जान खुला गरेको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले यसको सकारात्मक प्रभाव नेपालमा समेत देखिन थालेको बताए ।
उनले समग्रमा भारत र अमेरिकी पर्यटकको संख्या बढी देखिएको बताए । फेब्रुअरी २०२३ मा २ हजार २६६ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । अघिल्लो महिना (जनवरी) मा भने १ हजार ४३६ जना चिनियाँ पर्यटक नेपाल आएको बोर्डले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । बोर्डले अध्यागमन विभागको तथ्यांकलाई आधार मानेर यो तथ्यांक सार्वजनिक गरेको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२० पछि यस वर्ष फेब्रुअरीमा सबैभन्दा धेरै संख्यामा पर्यटक भित्रिएका छन् । सन् २०२० को फेब्रुअरीसम्म कोभिड १९ को प्रभाव र यात्रामा प्रतिबन्ध थिएन । त्यसपछिको महिनामा भने यात्रामै प्रतिबन्ध लागेको हो ।
तथ्यांक अनुसार सन् २०२२ को फेब्रुअरीमा १९ हजार ७६६, सन् २०२१ को फेब्रुअरीमा ९ हजार १४६ र सन् २०२० को फेब्रुअरीमा भने ९८ हजार १९० जना पर्यटक नेपाल आएका थिए । सन् २०१९ को यसै महिनामा १ लाख २ हजार ४२९ जना पर्यटक नेपाल आएका थिए ।

नेपाल भ्रमणमा आउने विदेशी नागरिकमध्ये भारतीय पर्यटकको संख्या सबैभन्दा माथि छ । फब्रुअरी २०२३ मा मात्र भारतबाट १८ हजार ४०१ जना पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक छन् । यस महिनामा अमेरिकाबाट ७ हजार ८८७ जना पर्यटक नेपाल आएका छन् । तेस्रो स्थानमा थाइल्याण्ड छ ।

यस मुलुकबाट फेब्रुअरीमा ४ हजार ८०२ जना पर्यटक नेपाल आएका छन् । चौथोस्थानमा बेलायत छ । यस मुलुकबाट ४ हजार ३४५ छन् । दक्षिण कोरियाबाट एक महिनाको अवधिमा ३ हजार २४६ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांकमा उल्लेख छ । यस महिनामा अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार १७५ र जर्मनीबाट २ हजार १०८ जना पर्यटक नेपाल आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।