logo

सरकारले रोयल्टीबापतको रकम फिर्ता लैजान कडाई गरेसँगै नेपाल आउन छाडे चेन होटल, यहाँ रहेका समेत बाहिरिने चिन्ता

    808   पटक पढिएको


९ फागुन/अर्थ र व्यापार – हाल सरकारले नेपालबाट रोयल्टीवापतको रकम फिर्ता लैजान कडाई गरेसँगै अन्तर्राष्ट्रिय ब्राण्डका चेन होटल आउन छाडेका छन । सरकारले गरेको पछिल्लो निणर्यले अन्तर्राष्ट्रिय विश्वस्तरीय ब्राण्डका चेन होटल नेपाल आउन समस्या देखिएको छ ।
सरकारले विदेशी ब्राण्डका चेन होटलहरु संचालन गर्दा रोयल्टी वापत ५ प्रतिशत रकम मात्र लैजान पाउने कानूनी व्यवस्था गरेसँगै अहिले यो समस्या उत्पन्न भएको हो ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली जारीगर्दै कुनै पनि विदेशी लगानीमा ५ प्रतिशत भन्दा बढी रोयल्टी लैजान नपाउने व्यवस्था गरेको छ । जसका कारण पछिल्लो समय नेपालमा नयाँ चेन होटलहरु आउन नचाहेको र हाल भएका चेन होटलहरु पनि विस्तारै बाहिरिने जोखिम उच्च रहेको होटल व्यवसायीहरुले बताएका छन ।
अहिलेसम्म नेपालमा रहेका विदेशी चेन होटलहरुले विभिन्न किसिमका रोयल्टी वापत ५ प्रतिशतभन्दा बढी रकम लैजादै आएका छन् । सम्बन्धीत होटल व्यवसायीहरुले हरेक चेन होटलको सम्झौता ३÷३ वर्षमा नविकरण हुने र नविकरण गर्दा नयाँ व्यवस्था लागू हुने भएकाले यसअघि नेपालमा आएका चेन होटलमा पनि आगामी दिनमा रोयल्टी विवादले समस्या निम्त्याउने बताएका छन ।
उनीहरुका अनुसार पछिल्लो समय विदेशी ब्राण्डका होटलहरुले नेपालमा व्यवस्थापन सहितको चेन सम्हाल्दै आएका छन् । यसरी नेपालमा व्यवस्थापन सम्हाले वापत त्यस्ता होटलहरुले साढे ७ प्रतिशत भन्दा बढी रोयल्टी लैजादै आएका छन् ।
विदेशी चेन होटलहरुले नेपालबाट ५ प्रतिशतमात्रै रोयल्टी लैजान पाउने व्यवस्थाले नेपालको पर्यटन व्यवसायमा समेत भयन्कर असर पर्ने मेरियट होटल संचालन गर्दै आएको एभरेष्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका उपाध्यक्ष सुमितकुमार अग्रवालले बताए ।
‘नेपालमा विदेशी पर्यटक भित्र्याएर डलर आम्दानी गर्ने भनेको चेन होटलबाटै हो,’ उनले भने, ‘संसारका जुनसुकै लगानीकर्ताले कमाउनकै लागि लगानी गर्ने हो तर नेपाल सरकारले रोयल्टीमा ५ प्रतिशतको सीमा राखिदिएको छ त्यसले नेपालमा संचालनमा रहेको विदेशी चेन होटलहरुमा ठूलो समस्या निम्त्याउने छ ।’
अहिले चेन होटलहरुले व्यवस्थापन सम्हाल्दा विभिन्न शीर्षकमा गरेर रोयल्टी लैजादै आएका थिए । जसअन्तरगत त्यस्ता विदेशी चेन होटलहरुले साढे ७ प्रतिशतभन्दा बढी रोयल्टी लैजाँदै आएका छन् । तर, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा भएको कुल ५ प्रतिशत रोयल्टीको व्यवस्थाले अबका दिनमा नेपालमा विदेशी चेन होटल भित्रन कठिन हुने समेत उनले जानकारी दिए ।
यस्ता ठूला चेन होटल नेपालमा आउनु भनेको नेपालमा पर्यटन भित्र्याउनु मात्र नभई देशकै ब्राण्डिङ गरेर डलर कमाउने अबसर भएको बताउँदै उनले भने, ‘तर समग्रमा ५ प्रतिशतमात्रै रोयल्टी लैजान पाउने व्यवस्थाले समस्या उत्पन्न हुने छ ।’
यसैगरी, उद्योग विभागका निर्देशक खगेन्द्र वस्नेत पनि रोयल्टीकै कारण पछिल्लो समय विदेशी चेन होटल नेपालमा आउने विषयमा अन्यौलता भएको बताउँछन् । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीमा कुनै पनि विदेशी लगानीमा ५ प्रतिशतभन्दा बढी रोयल्टी लैजान नपाउने भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उनले बताए । ‘तर, चलेका विदेशी चेन होटलले यसअघि साढे ७ प्रतिशत भन्दा कममा रोयल्टी लैजाने सम्झौता गरेका छैनन् ’ उनले भने ।
हाल पुराना सम्झौता भईसकेका चेन होटलकालागि रोयल्टीको विषयमा अहिले धेरै समस्या नभएपनि नयाँ आउने चेन होटलमा भने यसको असर देखिएको उनीहरुको बुझाई छ । अहिले धेरै नेपाली लगानीकर्ताहरुले विदेशी चेन होटल ल्याएर नेपालमा होटल संचालन गर्नका लागि उद्योग विभागका आएको जानकारि गराउँदै उनले भने, ‘तर, अहिले तोकिएको रोयल्टी कम भएको भन्दै विदेशी चेन होटलसँग सम्झौता हुन नसकिरहेको अवस्था छ ।’
यसअघि विदेशी चेन होटलले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर रोयल्टी लैजाँदै आएका थिए । नयाँ व्यवस्था लागू भएपछि चेन सम्झौता गर्नु पूर्व नै उद्योग विभागबाट स्वीकृति लिनुपर्छ । तर, नियमत त्यस्ता चेन होटलले नेपालबाट ५ प्रतिशतभन्दा बढी रोयल्टी रकम लैजान नपाउने भएपछि कतिपय विश्वस्तरीय ठूला चेन होटलले सो रकममा चेन तथा व्यवस्थापन सम्हालनका लागि नमानेको केही होटल संचालकहरुले जानकारी गराएका छन ।
हाल नेपालका करिब आधादर्जन भन्दा बढी पाँचतारे होटल निर्माणको चरणमा छ । कतिपय निर्माण सकिएर संचालनमा आउने अवस्थामा पुगिसकेका छन् । ती होटल व्यवसायीले भने, ‘यदि सरकारले रोयल्टीको विषयमा तत्काल समाधान नखोज्ने हो भने अब नेपाली व्यवसायीले होटलमा खन्याएको ठूलो लगानी डुब्ने खतरा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।