logo

यती एयरको विमान दुर्घटना अपडेट: ज्यान गुमाएका थप १ जनाको शव भेटियो ,२४ शवको पोखरामै पोस्टमार्टम हुने, बाँकी काठमाडौं ल्याइँदै

    824   पटक पढिएको

२ माघ/अर्थ र व्यापार – आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरु मध्ये थप १ जनाको शव भेटिएको छ । निरन्तरको खोजी कार्यपछि सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए ।

योसँगै सो विमान दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अझै ३ जना वेपत्ता छन् ।
काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको यती एयरको एटिआर ७२–५०० विमान पोखराको सेती नदी खोंचमा खसेको थियो । सो विमानमा चालकदलका सदस्य सहित कुल ७२ जना सवार थिए ।

सोही दुर्घटनामा मृत्यु भएर शव फेलापरेका ६९ जनामध्ये २४ जनाको शव मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं ल्याइँदै छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम यि हुन
पत्रकार त्रिभुवन पौडेल, निशान आचार्य,ओममाया गुरुङ,यस्मिन गुरुङ, पुजन राना,अरुण पौडेल, प्रशिद्धी पौडेल, जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, संगीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सिता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङ रहेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।