logo

यती एयरको विमान दुर्घटना नेपालको पर्यटन क्षेत्रकालागि अपूरणीय क्षति : टान

    988   पटक पढिएको


२ माघ/अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले आइतबार पोखरामा भएको यती एयरलाइन्सको एटिआर ७२–५०० विमान दुर्घटनाले नेपालको समग्र पर्यटन क्षेत्रकालागि अपूरणीय क्षति पु¥याएको बताएको छ ।
टानका महासचिव विनोद सापकोटाद्धारा जारि विज्ञप्तिमा कोरोना महामारीबाट भर्खरै तंग्रिदै गरेको नेपालको पर्यटन क्षेत्रमा यस हवाई दुर्घटनाले अपूरणीय क्षति पु¥याएको भनिएको छ ।
यसैगरि, टानले ६८ जना यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जनाको ज्यान जानेगरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा सेती नदिको खोचमा दुर्घटना भएको यती एयरलाइन्सको सो विमान दुर्घटनामा परेका सबै यात्रुहरुको उद्दार र राहतमा राज्यका सम्पूर्ण संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न नेपाल सरकार समक्ष अनुरोध गरेको जनाएको छ ।
त्यसैगरि, टानले सो दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण प्रति भाबपूर्ण श्रद्दान्जली अर्पण गर्दै मृतआत्माको चिर शान्तिको कामनाको साथ शोकाकुल परिवारजन प्रति टान परिवारको तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछौं भनेको छ ।

भर्खरै मात्र नयाँ विमानस्थलको निर्माण कार्य सम्पन्न भई उडान शुभारम्भ भएको र पर्यटकीय राजधानीको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा भएको यो दुर्घटनाले नेपालको हवाई क्षेत्रमा मात्र होइन देशको समग्र पर्यटन क्षेत्रमा नै ठुलो धक्का लागेको बताउँदै टानले नेपाली आकाश र नेपालको हवाई क्षेत्र सुरक्षित राख्न राज्यले महत्वपूर्ण कदम चाल्ने र आगामी दिनमा यस्ता दुर्घटनालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा राज्यको जिम्मेवार निकाय गम्भीर बन्ने अपेक्षा समेत राखेको जनाएको छ । सोही विज्ञप्ति मार्फत टानले यो विमान दुर्घटनाको खबरले टान परिवारलाई स्तब्ध बनाएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।