logo

एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिए

    785   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – शनिबारदेखि बिदा भएको सन् २०२२ को एक वर्षको अवधीमा विभिन्न मुलुकबाट ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या नेपालमा कोरोना विश्व महामारी सुरु हुनु भन्दाअघि एवं सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो ।
अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांकलाई आधार बनाएर नेपाल पर्यटन बोर्डले यस्तो जानकारी गराएको हो । पर्यटन बोर्डका अनुसार भर्खरै समाप्त भएको सन २०२२ को एकवर्षको अवधीमा कुल ६ लाख १४ हजार १४८ जना पर्यटक विभिन्न देसबाट हवाई मार्गहुँदै नेपाल भित्रिएका छन । यो संख्या सन् २०२१ को तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशतले बढी हो ।
सन् २०२२ मा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डले जनाकारि गराए अनुसार समिक्षा अवधीमा २ लाख ९ हजार १०५ जना भारतीय नेपाल आएका छन् । दोस्रोमा अमेरिकी छन् । ७७ हजार ९ जना अमेरिकी नेपाल आएका छन् ।
यसैगरि, सो अवधीमा विदेशी नेपाल भित्रिने तेस्रोमा बेलायती रहेका छन् । समिक्षा अवधीमा बेलायतबाट कुल ४४ हजार ७८१ जना पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । त्यसैगरि, अस्ट्रेलियाबाट २६ हजार ८७४ जना पर्यटक नेपाल आएका छन् ।
सो अवधीमा सार्क दक्षिण एसियाली मुलुक बंगलादेशबाट २५ हजार ३८४ जना पर्यटक नेपाल आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।