logo

भोली बेलुका ठमेलमा न्यु इयर इभ र सडक महोत्सव हँदै

    741   पटक पढिएको


१५ पुस/अर्थ र व्यापार– अंग्रजी नयाँ वर्ष २०२३ को अघिल्लोदिन शनिबार साँझ काठमाडौको मुख्य पर्यटकीय बजार ठमेलमा न्यु इयर इभ र सडक महोत्सव गरिने भएको छ ।
ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शनिबार साँझ ठमेलमा न्यु इयर इभ र सडक महोत्सव हुन लागेको हो । लामो समय कोरोना विश्व महामारिले थला परेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा ठमेलको पर्यटकीय गतिविधीलाई चलायमान बनाउका लागि ठमेल सडक महोत्सव आयोजना गर्न लागेको परिषदले जनाएको छ ।
शुक्रबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले यस्तो जानकारि गराएका हुन । उनले कोरोना महामारिले थलिएको ठमेलको पर्यटन पुनरुत्थान गर्न अंग्रजी नयाँ वर्षको अवसर पारेर ठमेलको त्रिदेबीमार्गस्थित कर्मचारी सञ्चयकोष भवन अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।
‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नाराकासाथ सडक महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको बताउँदै शर्माले भने, ‘ यो सडक महोत्सव निकै भव्य र व्यवस्थित हुने छ ।’ यसैगरि, उनले यस महोत्सवमा करिब एकलाख व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको बताए । उनले यो सडक महोत्सवमार्फत ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्न समेत माग गरिने बताए ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल सडक महोत्सव ठमेलभित्रका व्यवसायीलाई आफ्ना बस्तु तथा सेवाको प्रवद्र्धन गर्न निकै सहयोगी र उपलब्धीमुलक हुने अपेक्षा गरिएको बताए ।
परिषदका महासचिव राजिव पाण्डेले ठमेल सडक महोत्सवलाई भब्य रुपले सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापको बारेमा छलफल भइसकेको बताए । उनले उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने यस कार्यक्रम शनिबार साँझ साढे बजे सुरुभई सांस्कृतिक कार्यक्रम रातको साढे १२ बजेसम्म चल्ने जानकारि दिए ।
उनले विगतका वर्षहरुमा झैं यसपाली पनि अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको ठमेल सडक महोत्सव सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।
यस्तो महोत्सव, उत्सव विभिन्न पर्यटन प्रवद्र्धनात्मक गतिविधीसंगसंगै परिषदले पछिल्लो समय ठमेल क्षेत्रमा विभिन्न इन्टरनेट कम्पनीको सहकार्यमा अव्यवस्थित तारसमेत व्यवस्थापन गरिसकेको छ । यस सडक महोत्सवले व्यवस्थित ठमेल निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको परिषदले जनाएको छ ।
परिषदका अनुसार महोत्सवको दिन यहाँका रेस्टुरेन्टहरुले आफ्ना भित्रका खानाका परिकारहरु सडकमा राखेर महोत्सव हेर्न आउने अबलोकनकर्ताहरुलाई राम्रो सेवा दिने छन भने अन्य कम्पनीहरुले पनि आ आफ्ना स्टल एवं सडकबाटै आफ्ना विभिन्न पर्यटकीय सेवाकाबारेमा जानकारी गराउने छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।