logo

कुवेत एयरको जिएसए ट्रान्सपोर्ट सोलुसनलाई, सातामा ७ उडान भर्न पत्राचार

    939   पटक पढिएको

२६ मंसिर/अर्थ र व्यापार – कुवेतको ध्वजावाहक वायुसेवा कुवेत एयरको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को जिम्मा ट्रान्सपोर्ट सोलुसनले पाएको छ । एकमहिना अघि चार्टर उडानमार्फत नेपाल उडान सुरु गरेको कुवेत एयरले आधिकारिक जिएसए नियुक्त गरेको हो ।
जिएसए नियुक्ति भएसँगै कम्पनीले साताको सातवटा उडान भर्ने तयारी सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । केहीदिनअघि उडान संख्या विस्तारका लागि आधिकारिक पत्र आएको र सो कम्पनीले साताको सातवटा उडान भर्ने प्रस्ताव गरेको प्राधिकरणले जनाएको छ ।
ट्रान्सपोर्ट सोलुसन कम्पनीका कार्यकारी अध्यक्ष सुशील थापा हुन् । थापाले संचार, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरिरहेका छन् । थापा प्रभु लाइफ इन्स्योरेन्सको दोस्रो ठूलो व्यक्तिगत लगानीकर्ता हुन् ।
थापा तत्कालीन एनडेप बैंकको सह–संस्थापकका साथै कुमारी बैंकको संस्थापक सेयरधनी समेत हुन् । उनको कम्पनीमा ९१ प्रतिशत सेयर छ।
यसैगरि, ९ प्रतिशत सेयर भने दिकेश मल्होत्राको नाममा छ । उनी आइएमएस समूहका प्रेसिडेन्ट एवं प्रमुख कार्यकारी अधिकृत हुन् । सो कम्पनीको आधिकारिक कार्यालय हात्तिसारमा छ ।
अब कुवेत–नेपाल उडान भर्ने वायुसेवाको संख्या दुईवटा पुगेको छ। यसअघि कुवेतको जजिरा एयरवेजले दुईतर्फी उडान भर्दै आएको थियो । कुवेत एयरको नियमित उडानसँगै हुने हवाई प्रतिस्पर्धाले सो रुटको भाडा समेत केही सस्तिने सम्बन्धीत सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।