logo

एक साताभित्र गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने योजना पेसगर्न निर्देशन

    861   पटक पढिएको


१५ कात्तिक/अर्थ र व्यापार – गत आइतबारबाट दिल्ली उडान तालिका कटौती भई यात्रु अलपत्र पारिएको विषयलाई लिएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएर छलफल गरेका छन ।
यस्तो अवस्थाबारे सोमबार पर्यटन मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, यात्रु सेवा विभागका निर्देशक टंकनिधि दाहाल लगायतलाई मन्त्रालयमा बोलाएर गम्भिर छलफल गरेको थियो ।
सो छलफलमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित पर्यटनसचिव सुरेश अधिकारी र मन्त्रालयका सहसचिवहरू सहभागी भएका थिए ।
सोही बैठकमा मन्त्री श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई राजीनामा दिन समेत भनेका थिए । ‘तपाईंको लहडमा ध्वजावाहक संस्था चल्दैन, राजीनामा दिनुहोस् । राष्ट्रको बेइजत नगर्नुस्,’ मन्त्रीले भने, ‘अदालतको परामादेशले तपाईंलाई निगमको भविष्यमा खेलवाड गर्न छुट दिएको छैन ।’
छलफलको क्रममा मन्त्री श्रष्ठले निगमलाई एक साताभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने योजना मन्त्रालयमा पेस गर्न निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले सो घटनामा संलग्न वाणिज्य विभाग लगायत क–कसको कमजोरीले यस्तो भएको हो सोबारे छानबिन गरी तत्काल कारबाही गर्न समेत निर्देशन दिए । सो घटनाबारे मन्त्री श्रेष्ठले निगम र प्राधिकरणबीच समन्वय कमी भएको बताए । उनले राज्यले गरेको निर्णयमा मन्त्रालयसँग समन्वयमा बस्न आवश्यक रहेको बताए ।
मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार केसीले सो बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारी सहितको प्रतिनिधीलाई आइतबार र सोमबार काठमाडौं र दिल्लीमा रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई गन्तव्यमा पठाउन पनि निर्देशन दिएको जानकारि दिए ।
छलफलमा सहभागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफू आइतबार बाहिर रहेकाले यस्तो कार्यमा संलग्नलाई कारबाही गरिनुपर्ने धारणा राखेका थिए ।
सोमबारको मन्त्रीस्तरीय बैठकमा निगमले संचालक समितिबाट पास भएपछि मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्ने जनाएको सो छलफलमा सहभागी निगमका एक अधिकारीले बताए ।
‘आन्तरिक अफिस तयार छ । अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने अवस्थामा हामी यसैलाई विस्तार गर्नेछौं। ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदायक भएका कारण एक चरणको सेटअप तयार भइसकेको जानकारि गराउँदै सो छलफलमा सहभागी एक अधिकारीले भने,’अझै व्यवसायीक उडान व्यवस्थापन गर्नेकाम बाँकी छ । संचालक समितिको स्वीकृतिपछि प्रक्रिया अघि बढाउनेछौं।’
उनले नयाँ विमानस्थलबाट बेस अथवा टचडाउनमध्ये कस्तो प्रकारको उडान गर्ने विषय टुंगो लाग्न बाँकी नै रहेको जानकारी दिए ।
आइतबार प्राधिकरणले जारी गरेको विन्टर सेड्युलविपरीत उडान भरेको भन्दै निगमको काठमाडौं–दिल्ली उडान रोकिदिएको थियो । निगमले पूर्व तयारीका लागि आगामी ३० डिसेम्बरसम्मको समय माग गर्दा पनि प्राधिकरणले नदिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट उडान भर्न प्रयाप्त समय दिइएको बताउँदै ति अधिकारीले भने, ‘आफ्नै मुलुकको वायुसेवालाई भने यसरी दबाबमा पार्नुको कारण बुझ्न सकिएन ।’ निगमले आइतबार र सोमबारको उडान रद्ध भएर दिल्ली जान नपाएका यात्रुहरुलाई अन्य बैकल्पीक उडानबाट पठाउने व्यवस्था गरिएको जनाएको छ ।
निगमका अनुसार प्राधिकरणले जारी गरेको विन्टर सेड्युल अनुसार त्रिभुवन विमानस्थलबाट हुँदै आएको कुल १४ मध्ये साताको १० वटा मात्र उडान भर्न पाउने व्यवस्था गरिएको छ ।
प्राधिकरणले आगामी डिसेम्बर १६ बाट लागू हुने गरी एयर अरेबिया, फ्लाइ दुबई, कतार एयरवेज लगायत अन्तर्राष्ट्रिय वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्न पत्राचार गरिसकेको जनाएको छ ।
यसैबीच, दिल्ली र काठमाडौंमा ४ सय ५० जना यात्रु अलपत्र पार्ने गरी आइतबार भएको उडान रद्ध घटनामा निगमले सोमबार विज्ञप्ति जारि गर्दै दुःख व्यक्त गरेको छ । निगमले आइतबारका लागि राखेको आरए–२१७/२१८ नम्बरको काठमाडौं–दिल्ली–काठमाडौं र सोमबार बिहान रद्ध गरेको आरए २०५–२०६ नम्बरको उडान विशेष कारणवश रद्ध गर्नुपरेको जनाउँदै यात्रुसँग यसरी विज्ञप्ति मार्फत क्षमायाचना गरेको हो ।
यसैगरि, निगमले सोहि विज्ञप्ति मार्फत आगामी दिनमा यस्ता घटना नदोहो¥याउने प्रतिबद्धता समेत जनाएको छ । आइतबारको काठमाडौं–दिल्ली–काठमाडौंको आरए २१७–२१८ र सोमबारको उडान नम्बर आरए २०५–२०६ विशेष कारणवश रद्ध भएकाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगम दुःख व्यक्त गर्दछ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसैगरि, निगमले आगामी दिनमा यस्तो नहोस् भनी सचेत रहनेसमेत प्रतिबद्धता व्यक्त गर्दछौं भनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।