logo

दिल्ली उडान कटौतीबारे पर्यटनमन्त्रीसहित प्राधिकरण र निगमका प्रतिनिधिबीच छलफल, समन्वय गर्न निर्देशन

    950   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार – आइतबारबाट दिल्ली उडान तालिका कटौती गरिएको विषयलाई लिएर सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ सहितको नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रतिनिधिबीच छलफल भएको छ ।
सोमबारको मन्त्रीस्तरीय बैठकमा निगमले संचालक समितिबाट पास भएपछि मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्ने जनाएको सो छलफलमा सहभागी एक अधिकारीले बताए।
‘आन्तरिक अफिस तयार छ । अन्तर्राष्ट्रिय उडान भर्नुपर्ने अवस्थामा हामी यसैलाई विस्तार गर्नेछौं। ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदायक भएका कारण एक चरणको सेटअप तयार भइसकेको जानकारि गराउँदै सो छलफलमा सहभागी एक अधिकारीले भने,’अझै व्यवसायीक उडान व्यवस्थापन गर्नेकाम बाँकी छ । संचालक समितिको स्वीकृतिपछि प्रक्रिया अघि बढाउनेछौं।’
उनले नयाँ विमानस्थलबाट बेस अथवा टचडाउनमध्ये कस्तो प्रकारको उडान गर्ने विषय टुंगो लाग्न बाँकी नै रहेको जानकारी दिए । आइतबार प्राधिकरणले जारी गरेको विन्टर सेड्युलविपरीत उडान गरेको भन्दै निगमको काठमाडौं–दिल्ली उडान रोकिदिएको थियो। निगमले पूर्व तयारीका लागि डिसेम्बर ३० सम्म म्याद माग गर्दा पनि नदिएको जनाएको छ।
अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवाबाट उडान भर्न प्रयाप्त समय दिइएको बताउँदै ति अधिकारीले भने, ‘आफ्नै मुलुकको वायुसेवालाई यसरी दबाबमा पार्नुको कारण बुझ्न सकिएन ।’
सो प्रकरणमा मन्त्री श्रेष्ठले निगम र प्राधिकरणबीच समन्वय कमी भएको बताए । उनले राज्यले गरेको निर्णयमा मन्त्रालयसँग समन्वयमा बस्न आवश्यक रहेको बताए । निगमका अनुसार प्राधिकरणले जारी गरेको विन्टर सेड्युल अनुसार टीआइएबाट हुँदै आएको कुल १४ मध्ये साताको १० वटा मात्र उडान भर्न पाउने व्यवस्था गरिएको छ ।
प्राधिकरणले आगामी डिसेम्बर १६ बाट लागू हुने गरी एयर अरेबिया, फ्लाइ दुबई, कतार एयरवेज लगायत अन्तर्राष्ट्रिय वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थबाट उडान भर्न पत्राचार गरिसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।