logo

केहिदिन रोकिएको प्याराग्लाइडिङ उडान पुनः खुल्यो

    844   पटक पढिएको


७ कात्तिक/अर्थ र व्यापार – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एकजना खेलाडीको मृत्यु भएपछि केहीदिन रोकिएको प्याराग्लाइडिङ उडान  खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पाँचवटा शर्तसहित प्याराग्लाइडिङ आइतबारदेखि पुनः सञ्चालन गर्न अनुमति दिएको हो ।
प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि केही दिन रोकिएको प्याराग्लाइडिङ उडान पुनः खुला गरिएको प्राधिकरणका उडान अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।
प्राधिकरणले तोकेको सर्तअनुसार अब उडान क्षेत्रमा मात्रै उडान भर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने उल्लेख छ ।
यसैगरि, प्राधिकरणले व्यवसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्थिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने लगायतका सर्तहरु उल्लेख गरेको छ ।
यसैगरि, प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ ।
यसअघि गत ३० असोजमा नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताको क्रममा दुर्घटना हुँदा नेपाली सेनाका एकजना खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो । सोही दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिवन्ध गराउने निणर्य गरेको थियो ।
सो दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन सरकारले प्राधिकरणका उप महानिर्देशक हंशराज पाण्डेयको संयोजकत्वमा गत २ कात्तिकमा अनुसन्धान तथा सुझाव समिति गठन गरेको थियो ।
सोही समितिले विभिन्न सर्तसहित प्याराग्लाइडिङ खुला गर्न गत ४ कात्तिकमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र सर्त कार्यान्वयन गरी आइतबारबाट उडान खुला गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि नेपालका प्याराग्लाडिङ उडान खासै व्यस्थित र सुरक्षित नभएको भन्दै सरकारले गत ३० असोजमा मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने निणर्य गरेको थियो । त्यसबेला प्राधिकरणले अर्को व्यवस्था नभएसम्मकालागि मुलुकभरका सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।