logo

प्याराग्लाइडिङ उडानबारे अध्ययन गर्न सरकारले बनायो उच्चस्तरीय छानबिन समिति

    877   पटक पढिएको


२ कात्तिक/अर्थ र व्यापार – नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले सो समिति गठन भएकोबारे जानकारी गराएका हुन । उनका अनुसार यस समितिलाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ ।
यो अध्ययन समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए । उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।
समितिलाई अहिलेसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी यो यसको उडानलाई थप व्यवस्थित तथा सुरक्षति बनाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ ।
यसअघि गत आइतबार मात्र पोखरामा जारि राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी नेपाली सेनाका एकजना खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनाबाट मृत्यु भएको थियो । सो दुर्घटना लगत्तै प्राधिकरणले मुलुकभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको छ ।
प्राधिकरणका प्रवक्ता निरौलाले जानकारि गराए अनुसार देशभर लगाइएको यो प्रतिवन्ध छानबिन समितिको प्रतिवेदन नआएसम्म जारी रहने भएको छ । यस समितिले प्रतिवेदन बुझाएपछि सोही समितिको सिफारिसका आधारमा नयाँ निर्णय हुने प्राधिकरणले जानकारी दिएको छ ।
नेपालमा सबैभन्दा पहिले सन् १९९६ मा पोखरामा सनराइज प्याराग्लाइडिङबाट व्यवसायिक प्याराग्लाइडिङ उडान सुरु भएको थियो । सो पहिलो उडान सुरुभसयता हालसम्म भएका दुर्घटनामा १७ जनाले ज्यान गुमाएको नागरिक उड्यन प्राधिकरणको तथ्यांकले देखाएको छ । पछिल्लो पटक गत आइतबार पोखरामै भएको प्याराग्लाइडिङ दुर्घटनासहित कुल १७ वटा ठूला दुर्घटना भएका छन् । जसमा १७ जनाकै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।