logo

यात्रु नपाएको भन्दै जजिरा एयरले रोक्यो दैनिक उडान, सेवा सञ्चालन खर्च नउठ्ने ठाउँमा विमान नउडाइने

    1063   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – विगत केही समयदेखि बल्ल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्दै आएको एकमात्र जजिरा एयरको उडान पनि रोकिएको छ।
विमान चढ्ने यात्रु नै नभएर खर्च धान्नै नसकिएको बताउँदै जजिरा एयरवेजले यसअघि दैनिक भर्दै आएको उडानलाई रोकेर अब सातामा जम्मा तीन पटक मात्र भर्ने जानकारी दिएको छ ।
जजिरा एयरवेजले गत २६देखि २८ असोजमा हुनुपर्ने दैनिक नियमिच उडान रोकेपछि सो विमान हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली कामदार लगायतका यात्रुसहित अन्य काम विशेषले जाने यात्रुसमेत प्रभावित भएका थिए ।
सो समय विमान नउडेपछि घरबाट निस्केर विमानस्थल पुगेका यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरेका थिए । तर, जजिरा एयरवेजको विमानले उडान भरेन ।
तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले यस्तो जानकारी दिएका हुन ।
दाहालले जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले हाल सो विमानको लिज सकिएको र नयाँ विमान खरिद गर्ने प्रक्रियामा रहेको कारण लुम्विनीको नियमित उडान प्रभावित हुने जानकारी गराएको बताए । उनले अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने बताउँदै अक्टोबर पछि भने पुनः दैनिक उडान नियमित हुने आश्वासन पाएको बताए ।
जजिराले आफ्ना नयाँ विमान लिन केही समय लाग्ने भन्दै केही समय उडान रोक्ने बताएको थियो । उडान नै रोक्दा यात्रुलाई समस्या हुने भएकाले दैनिक रुपमा उडान भर्न नसके पनि कम्तीमा पनि एकदिन बिराएर उडान भर्ने सहमति भएको बताउँदै दाहालले भने, ‘विगत तीन दिनसम्म नियमित उडान नहुँदा यात्रु रोकिएका थिए ।
शनिबार जजिराले उडान भरेपछि केही समस्या हल भएको उनको भनाई छ । विमाननस्थलका प्रमुखले नयाँ विमनको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको बताए । ‘पहिला सातामा तीनवटा उडान भरिरहेका थियौँ, राम्रै यात्रु पायौँ ।’ नागरथले भने, ‘अहिले यात्रु संख्या ह्वात्तै घटेकाले उडान घटाएका हौँ । अब पहिले झैँ सातामा तीन उडान मात्र भर्नेछौँ ।’
यसैगरि, नागरथले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गरे । ‘मागअनुसार नै आपूर्ति गर्ने हो । खाली विमान कहिलेसम्म उडाउने ?’ उनले भने, ‘हामी भनेको व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ ।’
जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन ।
गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकल लगायतका काम गर्नकालागि काठमाडौं नै जानु परेको समस्याका कारण पनि यो विमानस्थलको उडान सञ्चालनमा कठिनाई आएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।