logo

ढाकामा हुने नवौं एसियन टुरिजम फेयरमा नाट्टाको प्रतिनिधी सहभागी

    1159   पटक पढिएको

१२ असोज/अर्थ र व्यापार – नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का प्रतिनिधी नेपाली पर्यटन व्यवसायीहरुको सहभागितामा बंगलादेशको ढाकामा भोलि २९ सेप्टेम्बरदेखि आगामी १ अक्टोवरसम्म आयोजना हुने नवौं एसियन टुरिजम फेयरमा सहभागी भएका छन ।

कोरोना विश्व महामारिले प्रभावित पर्यटन व्यवसाय विस्तारै चलायमान भई नेपालमा पर्यटन सिजन सुरु हुन लागेको समयमा ढाकामा आयोजित सो फेयरमा नाट्टाका बरिष्ठ उपाध्यक्ष प्रमोद दाहलको नेतृत्वमा नाट्टाका १२ जना पर्यटन व्यवसायी प्रतिनिधी सहभागी भएका हुन । उनीहरु सो फेयरमा सहभागी हुन बुधबार बंगलादेश प्रस्थान गरेका छन । यस टोलीमा नाट्टाका कार्यसमिति सदस्य श्रद्धा जोशीले सह संयोजक गरेकी छिन ।
सो कार्यक्रममा सहभागी हुन जाने व्यवसायी प्रतिनिधीको टोलीलाई नाट्टाका अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्चुत गुरागाइँ र महासचिव कुमारमणी थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर खादा ओडाएर बधाई तथा कार्यक्रम सफलताको शुभकामना सहित बिदाई गरेका थिए ।
विगतका वर्षहरुमा झै यसपालीको यो कार्यक्रममा सहभागी हुन नाट्टाले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको थियो । कार्यक्रममा पर्यटन बोर्डबाट प्रदर्शनी गरिने छ । यो वर्षको कार्यक्रममा आयोजकले नेपाललाई पार्टनर कन्ट्रीको रुपमा स्थान उपलब्ध गराएको नाट्टाले जनाएको छ । सो कार्यक्रममा बंगलादेशस्थित नेपाली दुतावासले नेपाली व्यवसायी लगायत विभिन्न देसका पर्यटन व्यवसायीको प्रतिनिधी तथा कार्यक्रम आयोजक र पत्रकारहरुलाई रात्रीभोज सहित नेपाल नाइट कार्यक्रम आयोजना गर्ने नाट्टाले जनाएको छ ।
एसियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम हो । सो फेयरमा संसारभरका विभिन्न देसबाट सहभागी भएका पर्यटन व्यवसायीहरुले आ– आफ्नो देसको पर्यटन प्रवद्र्धन गर्न स्टलमा प्रदर्शन गर्ने, बिटुबी कार्यक्रम समेत सञ्चालन गर्ने छन । यस कार्यक्रम बंगलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको सहकार्यमा हुन लागेको नाट्टाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।