logo

सिलिंक्स ट्राभलको टिकटभण्डार डट कम सञ्चालनमा,दशैंको अवसरमा दुई वटा अफर घोषणा

    1125   पटक पढिएको

१० असोज/अर्थ र व्यापार– सिलिंक्स ट्राभलले सेवाग्राहीलाई सहजरुपमा हवाई टिकट उपलब्ध गराउने उद्देश्यले आफ्नो छुट्टै इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सञ्चालनमा ल्याएको छ । दशैंको घटस्थापनाको शुभसाइतमा सोमवार सिलिंक्स ट्राभलले टिकटभण्डार डट कमको सुरुवात गरेको हो ।
टिकटभण्डार डट कमको सुरुवातसँगै दशैंको अवसरमा सिलिंक्स ट्राभलले दुई वटा अफर घोषणा गरेको छ । यो दुवै अफर १० असोज देखि आगामी ९ कात्तिक सम्म लागु हुनेछ । पहिलो अफरमा आन्तरिक उडानको टिकट बुक गर्नेलाई मूल्यमा १० प्रतिशत छुट र दोस्रो अफरमा उक्त अवधिमा टिकट खरिद गर्नेमध्ये एक जोडीलाई गोलाप्रथाद्वारा काठमाडौ–बैंकक दुईतर्फी निशुल्क हवाई टिकट उपलब्ध गराउने ट्राभलले जनाएको छ ।
‘घटस्थापनको शुभ अवसरमा हाम्रो नयाँ इन्टरनेट बुकिङ इन्जिन टिकटभण्डार डट कम सुरु गर्न पाउँदा हामी धेरै उत्साहित र उत्तिकै खुसी छौं, हामी हाम्रा सेवाग्राहीसम्म पुग्नको लागि नयाँ र रचनात्मक तरिका अपनाउन पाउँदा अझ बढी खुसी छौं’ सिलिंक्स ट्राभलका प्रबन्ध निर्देशक राजु ढकालले भने । यसैगरि, उनले विश्वको जुनसुकै कुनाबाट समय र पैसाको बचत हुनेगरी हवाई उडान छनौट गर्न आँफुहरुले सेवाग्राहीलाई मद्दत गर्ने बताए ।
सो कम्पनीका अनुसार टिकटभण्डार डट कम आन्तरिक र बाह्य उडानको लागि हवाई टिकट बुकिङ गर्ने एउटा पूर्ण माध्यम हो । यसमा अनलाईन भुक्तानीको सुविधा समेत रहेको छ । यसले हवाई टिकटको अलवा यात्रासँग सम्बन्धित होटल, वीमा, प्याकेज लगायतका अन्य सेवाहरु पनि आगामी दिनमा प्रदान गर्ने सो कम्पनीले जनाएको छ ।
टिकटभण्डार डट कम सिलिंक्स ट्राभलको अनलाइन संस्करण हो । सिलिंक्स ट्राभलसँग साढे एकदशकदेखि यात्रा र पर्यटन विशेषज्ञ टोली रहेका छन् । टिकटभण्डार डट कमसँग विश्वको जुनसुकै स्थानमा यात्रा गर्न पाँचसय भन्दा बढी एयरलाइन्सको टिकट बुकिङ गर्ने सुविधाहरु छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।