logo

होटल संघको साधारणसभा सम्पन्न, हस्पिटालिटी कन्क्लेभ पनि

    1026   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपालः ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषणा गरेको पर्यटन दशकलाई सो पुस्तक सहयोगी हुने बताए ।
यसैगरि, मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी तवरबाट हुन सक्ने सहयोग गर्न कुनै कसर बाँकी नराख्ने धारणा राखे ।

संघ नेपालका अध्यक्ष सृजना राणाले मुलुकको अर्थतन्त्रमा पर्यटन तथा होटल उद्योगको ठूलो योगदान रहेको उल्लेख गर्दै होटल उद्योगलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा कानुनमा नै व्यवस्था हुन आग्रह गरिन् । अध्यक्ष राणाले पर्यटन तथा होटल उद्योगमा धेरै समस्याहरु रहेकाले यस्तो एक दिवसीय कन्क्लेभबाट निस्किएका विषयहरु नेपाल सरकार समक्ष प्रस्तुत गरिने बताइन् ।
संघका प्रथम उपाध्यक्ष विनायक शाहले पुस्तकका बारेमा संक्षिप्त जानकारी गराउँदै समग्र मुलुकको गन्तव्य, खाना, आयुर्वेदा जस्ता महत्वपूर्ण विषयहरुमा प्रकाश पारे ।
यसैगरि, संघका द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले कोभिडका समयमा होटल उद्योगको संरक्षणका लागि एकीकृत सम्पत्ति कर मा भारी छुट दिइएको बताउँदै यस आर्थिक वर्षका लागि ४० प्रतिशत र समयसीमामार कर बुझाएमा अर्को १० प्रतिशत गरी ५० प्रतिशत सम्पत्ति कर छुट दिएको बताए ।
नेपाल पर्यटन बोर्डका कार्यवाहक प्रमुख नन्दिनीलाहे थापाले विस्तारै अघि बढ्दै गरेको पर्यटन उद्योगलाई अझ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा व्यापक प्रचारप्रसार गरी विदेशी पाहुनालाई नेपाल भित्र्याउने धारणा राखिन् । उनले होटल संघ नेपालद्वारा प्रकाशित पुस्तकले पर्यटकहरुलाई नेपाल घुम्न सहज हुने बताइन् ।
संघले विनस्टल्क एसियासँगको सहकार्यमा आयोजना गरेको नेपाल हस्पिटालिटी कन्क्लेभ २०२२ को शुभारम्भ गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले यस किसिमको कन्क्लेभले भोलिका दिनमा अघि बढ्न सहयोग पुग्ने बताए ।

यसैगरि, श्रेष्ठले होटल संघ नेपालद्वारा समय समयमा प्रस्तुत हुने सुझावहरुप्रति नेपाल सरकार सकारात्मक रहेको र मुलुकको पर्यटन उद्योगलाई कसरी अघि बढाउन सकिन्छ भन्ने गृहकार्य भइरहेको बताए ।
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले पर्यटकको बसाई लम्बाउन विभिन्न कार्यक्रमहरु गरिने बताउँदै उहाँले रैथाने खानाका बारेमा चर्चा गरिन् ।
संघका महासचिव साजन शाक्यले अहिलेकै अवस्थामा मुलुकले ५० लाख पर्यटक धान्न सक्ने बताउँदै बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।