logo

पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति नाटाको आपत्ति

पर्यटन विरोधी प्रावधान हटाउन माग

    1184   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले गृह मन्त्रालयले हालै जारि गरेको पर्यटक भिसामा विदेश प्रस्तान अनुमति सम्बन्धी कार्यविधी २०७९ प्रति असन्तुष्टी जनाउँदै आपत्ति जनाएको छ ।
यो कार्यविधीले नेपालको पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्नेगरि नेपाली पर्यटकलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु राखेको र एक वा अर्को बहानामा नेपाली पर्यटकको स्वतन्त्रतापूर्वक घुमफिर गर्न पाउने अधिकार समेतलाई चुनौति दिएको प्रति कडा आपत्ति गरेको नाट्टाले जनाएको छ ।
गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटनाहरु नियन्त्रण गर्न सरकार गम्भिर हुनुपर्नेमा समेत नाट्टा सहमत रहेको बताएको छ । वैदेशिक रोजगार व्यवसायी, श्रम विभाग, तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधी नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने व्यवसायीलाई विशेष गर्ने काम भएको भन्दै नाट्टाले यस्तो पर्यटन विरोधी प्रावधान हटाउन माग गरेको छ ।
नाट्टाका अध्यक्ष रमेश थापाले आइतबार विज्ञप्ति जारि गरि यस्तो माग गरेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।