logo

सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाऔंः पर्यटनमन्त्री

    903   पटक पढिएको

३० साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सिजनमा मात्र नभएर अब वर्षभर पर्यटक ल्याउने वातावरण बनाउन सरकार लागिपरेको बताएका छन । सरकारको यस्तो अभियानमा निजी क्षेत्र लगायत सबै सरोकारवालाहरुलाई पहल गरिदिन आग्रह गरे ।
सोमबार राजधानीमा सम्पन्न ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४४ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन । वर्षभर पर्यटक भित्राउन आवस्यक पर्यटकीय गन्तव्यस्थलहरुलाई असर नपर्ने गरी पूर्वाधार विकास निर्माण हुनुपर्ने भन्दै उनले अब नेपाललाई वर्षभर नै पर्यटक आउने आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्नेमा जोड दिए ।
उनले हाल पर्यटकीय सिजन कुरेर बस्ने व्यवसायीलाई पनि यस्तो सोचाई बदलेर अब वर्षभर नै नेपाल पर्यटकका लागि खुला छ भन्ने सन्देश प्रचार गरी पर्यटकलाई थप आकर्षित गर्नुपर्ने बेला आएकाले सरकार सोही अनुरुप अघि बढ्ने बताए ।
यसैगरि, उनले विदेशमा रहेका हरेक नेपालीले कम्तिमा एकजना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वतावरण सिर्जना गर्ने अभियान थालेकोमा विशेषगरि गैर आवासिय नेपाली संघ( एनआरएनए) लाई धन्यावाद दिए ।
मन्त्री श्रेष्ठले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवद्र्धन गर्ने कार्यमा अघि बढीरहेको बताए । उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित, आकर्षित र पदयात्रा व्यवसाय प्रवद्र्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताए । उनले विकासको कारणले ट्रेकिङ रुटहरुमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए ।
‘हामीले पर्यटक दशकको रुपमा नेपाल भ्रमण दशक भनेर सन् २०२३ देखि २०३३ सम्मलाई निरन्तर रुपमा काम अघि बढाउने र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने, र नेपालमा रहेका नेपालीहरुले पहिला नेपाल घुमौं र विदेश घुमौं भन्ने कुरालाई अघि सारेका छौँ’ मन्त्री श्रेष्ठले भने ।
टानका अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योग कोरोना कहरका कारण अझै पूरानो अवस्थामा फर्किन नसकेको जानकारि गराउँदै पर्यटन क्षेत्रमा देखिएका विविध समस्या समाधानका लागि सरकार गम्भिर हुनुपर्ने बताए ।
उनले कोरोना महामारिले थला परेको मुलुकको पर्यटन क्षेत्रको विकासकालागि अहिलेसम्म निजी क्षेत्रका तर्फबाट प्रयास भईरहेपनि अझै अपेक्षाकृत रुपमा सरकारले पहल नगरेको बताए । आफ्नो कार्यकालमा टानका तर्फबाट पदयात्रा व्यवसाय प्रवद्र्धनकालागि सरकारसँग धेरै माग गरेपनि अझै अपेक्षाकृत रुपमा काम नभएकाले अब सरकारले व्यवसायीको माग संवोधन गरिदिनुपर्ने उनको भनाई थियो ।
यसैगरि, उनले व्यवसायीसँगको सहकार्यबाट मात्र सरकारको आफ्नो लक्ष्य पुरा गर्ने भएकाले निजी क्षेत्रको मागप्रति पनि सरकार गम्भिर हुनुपर्ने धारणा राखे । ‘टिम्स कार्ड दिने कुरा रोकिनु नपर्ने हो । यसको हामीले सञ्चालन गछौं भनेका थियौ । राज्यले टिम्स कार्यान्वयन न पूर्ण रुपमा गर्न सक्ने अवस्था भयो, न हामी पर्यटन व्यवसायीले खोजेअनुसार दियो ’ उनले दुःखेसो पोखे ।
सोही साधारण सभासँगै टानको आगामी नयाँ नेतृत्व चयन गर्न सोमबार दिउँसोबाट सुरु भएको निर्वाचनमा पदयात्रा व्यवसायीहरुले मतदान गरिरहेका छन । यस निर्वाचनकालागि अध्यक्ष पदमा निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले समुह नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । अर्का व्यवसायी बोधराज भण्डारीले भने अध्यक्षमा स्वतन्त्र रुपमा चुनाबी मैदानमा उत्रिएका हुन । 
अध्यक्षका प्रत्यासी उम्मेद्वार वाँस्तोलाको समुहलाई नेपाली कांग्रेस, नेकपा एमालेको एउटा खेमा, नेकपा एकिकृत समाजवादी निकट ट्रेकिङ व्यवसायीहरुको समर्थन रहेको छ भने अर्का प्रत्यासी उम्मेदवार सापकोटाको समुहलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको अर्को खेमा तथा नेपाल समाजवादी पार्टी निकट पर्यटन व्यवसायीको समर्थन रहेको छ ।
टानको यस निर्वाचनमा करिब एक हजार दुईसय भन्दाबढीले मतदान गर्ने अपेक्षा गरिएको टान निर्वाचन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।