logo

रामप्रसाद सापकोटा समुहको उम्मेदवारी परिचयात्मक कार्यक्रम सम्पन्न

    1067   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुने निर्वाचनका लागि रामप्रसाद सापकोटा (कमल) को समुहले उम्मेदवारी परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार सापकोटाले आँफु टानमा जिते पनि वा हारेपनि एकपटक मात्र उम्मेद्वार बनेको वताए । आँफुले नेतृत्व गरेका संस्थाहरु को सफलता प्रस्तुत गर्दै आँफुहरु संयुक्त व्यवसायिक प्यानल रहेको वताए । त्यसका साथै धेरै राजनीतिक दलहरु निकट व्यवसायीहरु । व्यवसायीहरुको समर्थन आफ्नो समुहलाई रहेको वताए । “अध्यक्षका अर्का उम्मेद्वार टानमा पटक–पटक गईसक्नुभयो, उहाँले केहि नयाँ गर्न सकेको देखिएन”–अध्यक्षमा उम्मेद्वार सापकोटाले भने ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्डका पूर्व सदस्य राजेन्द्र सापकोटाले आँफु पनि यसपटक टानमा अध्यक्षको आंकांक्षी रहेपनि आफ्नो एजेण्डालाई अध्यक्षका उम्मेद्वार रामप्रसाद सापकोटा (कमल) ले अगाडी बढाउन सक्ने देखेका कारण यसपटक सापकोटालाई अध्यक्षमा विजयी गराउनुपर्ने वताए ।

सापकोटा समुहको वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल , द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज ) , सचिबमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे र सह–कोषाध्यक्षमा रिन्जी जाङ्बु शेपा रहेका छन । त्यस्तै सदस्यहरुमा दोर्जे तामाङ , बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारी र निर्मला सापकोटा खनाल उम्मेद्वार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।