logo

टानको अध्यक्षमा निलहरी बाँस्तोला, रामप्रसाद सापकोटा (कमल) र बोधराज भण्डारीको उम्मेद्वारी

    1396   पटक पढिएको

२६ साउन / अर्थ र व्यापार - ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को आगामी साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । टानका नेतृत्वका लागी निलहरी बाँस्तोला र रामप्रसाद सापकोटाले प्यानल सहित र बोधराज भण्डारीले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गराएका छन ।

अध्यक्षका उम्मेद्वार वाँस्तोलालाई नेपाली कांग्रेस, नेकपा एमालेको एउटा खेमा, नेकपा एकिकृत समाजवादी निकट ट्रेकिङ व्यवसायीहरुको समर्थन रहेको छ भने सापकोटालाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको अर्को खेमा तथा नेपाल समाजवादी पार्टी निकट पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ । त्यस्तै स्वतन्त्र रुपमा बरिष्ठ उपाध्यक्ष पदमा गणेश न्यौपानेको पनि उम्मेद्वारी परेको छ ।

बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदिप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिव होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना र सह–कोषाध्यक्षमा छिङदोर्जी शेर्पाको उम्मेद्वारी परेको छ । यस्तै सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् ।

त्यस्तै सापकोटा प्यानलवाट वरिष्ठ उपाध्यक्षमा सरिता लामा , प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), सचिबमा हरि कडरिया, कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे, सह–कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा को उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै सदस्यमा दोर्जे तामाङ , बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल ,कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।