logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा राम्रो बनाउन पर्यटन मन्त्रीको निर्देशन

    1028   पटक पढिएको

२३ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा राम्रो र सहज बनाउन निर्देशन दिएका छन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन । बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै उनले यात्रुहरुलाई सहज हुने गरि विमानस्थलको व्यवस्थापन चूस्तदुरुस्त राख्न निर्देशन दिए ।
यस विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल भएको बताउँदै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । उनले अनुगमनको क्रममा विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै धावनमार्ग क्षेत्रको पनि निरीक्षण गरेका थिए ।
उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको धारणा राख्दै विभिन्न ७३ बुंदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई समेटिएको बताए । अनुगमनको क्रममा विमानस्थलका कर्मचारीहरुले मन्त्रि श्रेष्ठलाई पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ्गस्थल, प्रस्थान तथा आगमन कक्ष निर्माणले सेवा प्रवाहमा सूधार भएको बताएका थिए ।

विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।
यसैगरि, आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा संचालनमा रहेको विमानस्थल कार्यालयले जानकारि दिएको छ ।
विमानस्थल भित्रका पूर्वाधार निर्माण र यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभुति हुने गरी काम गर्न पनि मन्त्री श्रेष्ठले विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।