logo

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम सकियो, अक्टोवरमा क्यालिब्रेसन फ्लाइट

    1100   पटक पढिएको

२३ साउन/अर्थ र व्यापार – पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको काम लगभग सकिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि यो मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारीमा रहेको हो ।
पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएर उडान संचालनको अन्तिम तयारीमा पुगेको छ । करीब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यस विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ । यो विमानस्थलको क्षेत्रफल २०० हेक्टर जमिनमा फैलिएको रहेको छ ।
आगामी अक्टोबर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने र जनवरीदेखि विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने तयारी गरिएको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा तयार भएको यस विमानस्थल आगामी १७ पुसदेखि सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकमा यस्तो जानकारि गराईएको हो । सो बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी १७ पुसदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।