logo

क्याथे प्यासिफिक एयरवेजले हंकङ–काठमाडौँ उडान भर्ने

    1019   पटक पढिएको

२२ साउन/अर्थ र व्यापार – हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरवेजले आगामी असोज दोस्रो सातादेखि हंकङ–काठमाडौँ सिधा उडान भर्ने भएको छ ।
एयरवेजले आगामी १५ असोजदेखि सातामा एउटा उडान भर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार क्याथे प्यासिफिक एयरवेजले काठमाडौ–हंकङ उडानका लागि आवस्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको र अब स्लट मिलाउन मात्र बाँकी रहेको जानकारि गराए । प्राधिकरणका अनुसार सो एयरवेजले सातामा एकदिन दिउँसोको समयमा उडान भर्न स्लट मागेको छ ।
प्राधिकरणले रातिको समयमा स्लट व्यवस्थापन गर्न सकिने भएकाले अझै उडानको टुङ्गो लागि नसकेको प्रवक्ता निरौलाले बताए । क्योथे प्यासिफिक एयरवेजले आगामी १ अक्टोबर देखि नियमित उडान भर्ने भनेको थियो । तर, अझै स्लट मिलिनसकेको जानकारी गराउँदै निरौलाले भने, ‘ एयरवेजले दिउँसो १२ देखि १ बजेपछिको समय मागेको छ, प्राधिकरणले राति ८ बजेपछिको समय दिने भनेको छ , अहिले यो एयरवेजले सहमति जनाइसकेको छैन ।’
क्याथे प्यासिफिक एयरवेजले साताको हरेक शनिबार हंकङ–काठमाडौँ–हंकङ एउटा उडान भर्नेछ । क्याथे प्यासिफिक हंकङको ड्र्यागन एयरलाइन्स अन्तगर्ततकै एयरलाइन्स हो । कोभिड–१९ महामारीपूर्व ड्र्यागन एयरलाइन्सले हंकङ–काठमाडौँ गन्तव्यमा नियमति उडान भर्दै आएको थियो । हंकङको अन्तर्राष्ट्रिय क्षेत्रीय एयरलाइन्स क्याथे प्यासिफिक ड्र्यागन एयरलाइन्स लिमिटेड अन्तर्गतकै विमान कम्पनी हो ।
क्याथे प्यासिफिक एयरवेज लिमिटेड हंकङको ध्वजाबाहक वायुसेवा कम्पनी हो । यसको मुख्य कार्यालय र मुख्य केन्द्र हंकङ अन्तर्राष्ट्रिय विमानस्थलमा नै रहेको छ । अहिले काठमाडौं–हंकङ गन्तव्यमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले व्यवसायिक उडान भरिरहेको छ । विशेषगरि नेपाली यात्रुको बाहुल्यता रहेको हंकङ महत्वपूर्ण हवाई गन्तव्य मानिन्छ । काठमाडौँबाट हंकङ हुँदै अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान लगायत गन्तव्यमा पुग्न यो उडानबाट सहज हुने छ ।
हाल क्याथे प्यासिफिकले हंकङ–काठमाडौँमा चार्टर्ड उडान भर्दै आएको छ । क्याथेले एयरबस ३३०–३००’ सिरिजको विमानले उडान भर्ने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक गत १७ असारमा थाइल्याण्डको थाई स्माइल एयरवेज र २२ असार देखि श्रीलंकन एयरलाइन्सले उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।