logo

तीन वर्षपछि निगमले संचय कोष र नागरिक लगानी कोषलाई बुझायो १ अर्ब ३५ करोड किस्ता

    1055   पटक पढिएको

४ साउन/अर्थ र व्यापार – नेपाल वायुसेवा निगमले ३ वर्षपछि नागरिक लगानी कोष र कर्मचारी संचय कोषलाई १ अर्ब ३५ करोड रुपैयाँ किस्ता बुझाएको छ ।
यसअघि २०७६ साल पुसमा किस्ता बुझाएपछि निगमले कुनै किस्ता तिर्न सकेको थिएन । कोभिड संक्रमण कम हुँदै जाँदा र निगमको व्यापारमा सुधार आएसँगै अहिले निगमले बल्ल कर्मचारी संचय कोषलाई ९० करोड रुपैयाँ र नागरिक लगानी कोषलाई ४५ करोड रुपैयाँ तिरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनले निगमले दिएको किस्तामध्ये न्यारोबडी विमानको ४५ करोड रुपैयाँ र वाइडबडी विमानको ९० करोड रुपैयाँ तिरेको बताइन् । निगमले दुइटा एयरबस ए ३२० खरिद गर्नेक्रममा कर्मचारी संचय कोषसँग १० अर्ब रुपैयाँ , दुई वाइडबडी ए ३३० विमान खरिदका लागि संचय कोष र नागरिक लगानी कोषबाट साढे १२ अर्ब रुपैयाँका दरले २५ अर्ब ऋण लिएको थियो ।
यो ऋण किस्ता बुझाएको निगमको हाल अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन ऋणमात्र करीब ५० अर्ब रुपैयाँ पुगेको छ । यसरी नयाँ विमान खरिदमा लिएको ३८ अर्ब ७२ करोड रुपैयाँको ऋण बढेर ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । निगमले कोरोना महाहारी सुरु भएदेखि विमान खरिदमा लिएको ऋणको किस्ता र ब्याज तिरेको थिएन ।
विमान खरिदका लागि मात्रै विभिन्न संस्थाबाट लिएको ऋणको दायित्व साढे ४७ अर्ब रुपैयाँ पुगेको छ । निगमले दुईवटा वाइडबडी ए३३०, दुईवटा एयरबस ए ३२० र सहुलियत दरको ऋणमा खरिद गरेको चिनियाँ विमानको सावाँ र ब्याजको दायित्व ४७ अर्ब ४४ करोड रुपैयाँ पुगेको थियो ।
यसैगरी, चिनियाँ विमान खरिदमा नेपालले अनुदान र सहुलियत ऋण गरी ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च गरेको थियो । कुल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख अनुदान सहयोग थियो भने ३ अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत ब्याजदरको ऋण थियो ।
निगमले लामो समयदेखि किस्ता नतिरेपछि सञ्चय कोष र नागरिक लगानी कोषले अर्थ मन्त्रालयलाई पटक–पटक गुहारेका थिए । अर्थले पनि निगमको सम्पत्ति लिलाम गरेर भए पनि रकम असुल्न भनेको थियो । यसअघि कोषले आफ्नो कर्जा उठाउन पटक–पटक दिएको ताकेता अनुसार निगमले लामो समयपछि बल्ल यो रकम बुझाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।