logo

हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत उडान थाल्यो

    992   पटक पढिएको

१ साउन/अर्थ र व्यापार – नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले काठमाडौँ–कुवेत–काठमाडौँ सिधा उडान सुरु गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गर्दै शुक्रबारदेखि आठौँ गन्तव्यका रुपमा कुवेतमा उडान सञ्चालन गरेको हो ।
छैठौँ गल्फ सिटी कुवेतका लागि हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा सो विमान शनिबार बिहान ९ः१७ बजे काठमाडौँ अवतरण गरेको थियो । उडान उद्घाटन कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष व्यक्तिहरुको उपस्थिति रहेको थियो । कुवेतकालागि आफ्नो नियमित व्यवसायीक उडान थालनी गरेको सो एयरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौँदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने जनाएको छ ।

अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी वैदेशिक रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि निकै महत्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने सो कम्पनीको विश्वास छ ।
सो कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौँ–कुवेत–काठमाडौँ सेक्टरको उडान सुरुआत पनि सोही भावनाअनुरुप रहेको बताए ।
नेपाल र कुवेतबीच २३ जनवरी २००६ मा हवाई सेवा सम्झौता भएको थियो । हिमालय एयरलाइन्स काठमाडौँलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।