logo

नाटोज अध्यक्ष अधिकारीले दिए राजिनामा ,कार्यबाहक अध्यक्षको जिम्मेवारी लोहोनीलाई

    1029   पटक पढिएको

२७ असार/अर्थ र व्यापार– राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) का अध्यक्ष शिव अधिकारीले अध्यक्ष पदवाट राजिनामा दिएका छन । सोमवार संस्थाका पदाधिकारीहरुको उपस्थितिमा अध्यक्ष अधिकारीले राजिनामा दिएका हुन । अधिकारीले राजिनामा दिएसँगै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लाहोनी लाई दिईएको छ । अधिकारी गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नुवाकोट, तारकेश्वर गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
सो अवसरमा राजिनामा दिँदै अध्यक्ष अधिकारीले आँफु नाटोजको विकासका लागी संस्थावाट राजिनामा दिएपनि सँधै संगै रहेको वताए । सो अवसरमा नाटोजका उपाध्यक्षहरु विकास लोहोनी, मधुजंग पाण्डे, प्रकाश खालिङ,महासचिव नविन काफ्ले,कोषाध्यक्ष कल्पना महर्जन लगायतले अध्यक्ष अधिकारीलाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । नाटोजको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष विकास लोहोनीलाई दिईएको र आगामी तीन महिना भित्र साधारणसभा सम्पन्न गरि नयाँ नेतृत्व चयन गरिने महासचिव नविन काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।