logo

हवाई इन्धनमा लगाइएको कर हटाउन वायुसेवा सञ्चालक संघको माग

    1088   पटक पढिएको

१३ असार/अर्थ र व्यापार – वायुसेवा प्रदायक कम्पनीहरुको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य घटाएजस्तैगरि हवाई इन्धनमा लगाइएको सबै कर हटाउन सरकारसँग माग गरेको छ ।
संघले आइतबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजल र मट्टितेलमा कर घटाएर मूल्य घटाउने निर्णय गरिए पनि हवाई इन्धनमा यथावत राखिएको प्रति असन्तुष्टि जनाउँदै अरु मुलुकले हवाई इन्धनमा ५० प्रतिशत अनुदान दिएको उदाहरण दिएको छ ।
यसैगरि, संघले हवाई सेवा सञ्चालन खर्चको ४० प्रतिशत हिस्सा हवाइ इन्धनमा हुने गरेको भन्दै तत्काल हवाइ इन्धनको मुल्यमा सरकारी राजश्व घटाएर नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ भन्दा बढी मुनाफा नहुनेगरि हवाई इन्धनको मुल्य समायोजन गर्ने पहल गरिदिन समेत आग्रह गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।