logo

पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

    1181   पटक पढिएको

२९ जेठ/अर्थ र व्यापार – हिमाल आरोही एवं आरोहणमा संलग्नहरुको प्रतिनिधीमुलक छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार संघको अध्यक्षमा निर्वाचित भएका शेर्पाले कुल ७३५ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले जम्मा १२२ मत ल्याएका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याएकी थिइन । यस निर्वाचनमा विशेषगरि बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा भएकाले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष पाण्डेले जम्मा ५ मत बढि ल्याएर बिजयी भएका हुन ।
यसैगरि, संघको प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावाजाङ्बु शेर्पा, महासचिवमा मोहन लम्साल निर्वाचित भएका छन । संघको सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएका छन् ।
यसैगरि, कार्यसमिति सदस्यहरुमा नाम्ग्याल जाङ्बु शेर्पा,आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, पासाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भएका छन्। संघको यस नयाँ नेतृत्व चयन गर्नका लागि भएको सो निर्वाचनमा संघका २ हजार ४९ सदस्य मध्ये नवीकरण भएका कूल १ हजार २१५ जना मतदाता थिए । सो निर्वाचनमा जम्मा ९०५ जना मतदाता मात्र सहभागी भएका थिए । अध्यक्षसहित विभिन्न पदाधिकारी र केन्द्रिय सदस्य गरी कुल २७ जना सदस्यीय रहेको संघको सो निर्वाचनको अन्तिम मत परिणाम शनिबार बिहान सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।