logo

तारा एयरको विमानमा ज्यान गुमाएका १० जनाको शव काठमाडौ ल्याईयो ,१२ जनाको ल्याइँदै

पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने, ब्ल्याक बक्स पनि भेटियो

    1150   पटक पढिएको

१७ जेठ /अर्थ र व्यापार – आइतबार पोखराबाट जोमसोङ जानेक्रममा बेपत्ता भएको तारा एयरको विमान सोमबार विहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोकिएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । तीनजना चालकदलका सदस्य सहित कुल २२ जना सवार सो विमान दुघटनामा मृत्युभएका मध्ये २२ जनाको शव भेटिएको छ ।
अहिलेसम्म फेला परेका मध्ये १० जनाको शव काठमाडौं ल्याईएको छ भने १२ जनाको शब मंगलबार ( आज) काठमाडौं ल्याइँदै छ । तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये सबैजना मृर्तकको शव फेला परेको र तीमध्ये १० जनाको शव सोमबार साँझ आधार शिविरबाट काठमाडौं ल्याइएको र बाँकी १२ जनाको शब आज ल्याइने जनाएको छ । ती शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको तारा एयरले जनाएको छ ।
दुर्घटनाग्रस्त क्षेत्रबाट संकलन गरिएका शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमकालागि लगिएको छ ।
तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले यस्तो जानकारि गराएका हुन । तारा एयरका अनुसार संकलनभई आधार शिविर नआईपुगेका बाँकी १२ जनाको शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको छ । शब संकलनकालागि नेपाली सेना र स्थानीय सुरक्षाकर्मी तथा जनप्रतिनिधीहरुबाट एकदमै सहयोग भएको र उद्धार टोलीले शव खोजीमा निकै मेहेनत गरेको सो एयरले जनाएको छ ।
संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणले सो विमानमा आगलागी नभएकाले मृर्तकको पहिचान हुन भने खासै कठिन नभएको जनाएको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङ पुगेपछि विमानस्थलको टावरबाट सम्पर्कविहीन भएको थियो ।
तीन चालक दलका सदस्यसहित कुल २२ जना सवार तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको हो । सो विमान दुर्घटनाबाट मृत्युभएकाहरुको शब संकलनगरि पोष्टमार्टमकालागि काठमाडौं ल्याइने प्राधिकरणले जनाएको छ ।
दुर्घटनास्थलबाट संकलित मृतकका शवलाई सिधैं काठमाडौं ल्याएर पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्राधिकरणले जनाएको छ । दुर्घटनामा परेको विमान नजलेका कारण मृतकको शव पहिचाहन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ ।
मंगलबार बिहान सो विमानको ब्ल्याक बक्स पनि भेटिएको छ ।दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले मंगलबार बिहान सो विमानको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए ।
ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड रहने भएकाले विमान दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ ।
सोमबारसम्म भिरमा अड्किएको शव निकाल्न बाँकी थियो भने हराइरहेको अर्को एउटा शवको खोजी पनि जारी थियो । आज मंगलबार बिहान भने सबै शव संकलनको काम सकिएको हो ।

दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीका सदस्यहरू
घटनास्थलबाट संकलन गरिएका शव आज बिहान कोवाङ ल्याइएको र ती शवलाई काठमाडौं पठाउने तयारी भइरहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए । मानापाथी हिमालको फेदीमा संकलन गरिएका ती शवलाई कैलाश एयरको हेलिकोप्टर मार्फत कोवाङमा ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।