logo

निजगढ विमानस्थल निर्माण थाल्ने सरकारको योजनामा सर्वोच्चको ब्रेक ,२७ वर्षदेखिको तयारी र ३ अर्ब रुपैयाँ लगानी खेर

    946   पटक पढिएको

१३ जेठ/अर्थ र व्यापार – बारास्थित निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्बोच्चको यस्तो निणर्यसगै अब बारास्थित निजगढमा निर्माणको तयारी थालिएको सो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण योजना रोकिएको छ ।
जसका कारण विगत २७ वर्षदेखि गरिएको तयारी तथा सबै लगानी खेर जाने भएको छ । लगानी र निर्माणको ढाँचा टुंगो लगाएर आर्थिक वर्ष २०८०/८१ देखि आयोजना निर्माण थाल्ने सरकारको योजना थियो ।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले सरकारलाई वैकल्पिक विमानस्थल आवश्यक भए विकल्प खोज्न समेत आदेश दिएको छ । बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मालगायतले दायर गरेको रिटमा सर्वोच्चले यो फैसला गरेको हो । विमानस्थल निर्माणबाट पशुपंक्षीको वासस्थान र प्राकृतिक वातावरणमा गम्भिर असर पर्नेलगायतका कारण देखाउँदै मुद्धा दर्ता भएको थियो । सो मुद्धा ७ फागुन २०७६ मा दर्ता भएको थियो ।
सो मुद्धामा न्यायधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्मा सहितको बृहत पूर्ण इजलासले फैसला सुनाएको हो ।
यस मुद्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयल, नागरिक उड्ययन तथा पर्यटन मन्त्रालयगायतलाई विपक्षी बनाइएको थियो । फैसलाको पूर्णपाठ भने आउन समय लाग्नेछ ।
सर्बोच्चको यस्तो फैसलाले विगत २७ वर्षदेखिको तयारी त्यसै खेर जाने अवस्था आइलागेको छ । यो विमानस्थल निर्माणको तयारी थालिएको २७ वर्ष पुगेको थियो । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको महसुस गरेरै सन् १९९५ देखि देशका विभिन्न ठाउँमा प्रि–फिजिबिलिटी अध्ययन भएको थियो । त्यतिबेला देशका १० स्थानमा सम्भाव्यता अध्ययन गर्दा निजगढ सबैभन्दा उपयुक्त ठहरियो ।
सन् १९९५ देखि २००५ सम्म विमानस्थल अध्ययनकै विषय रह्यो, काम अघि बढ्न सकेको थिएन् । त्यसपछि विभिन्न समयमा अध्ययनहरु भए ।
सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकतामा राखेको थियो । तर, लगानी ढाँचा र निर्माण कसरी गर्ने भन्ने विषय टुंगिएको थिएन् । 

गत मंगलबार मात्र संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा २०८१ भित्रै विमानस्थलको लगानी मोडालिटी तथा लागतको विषय टुंगो लगाएर विमानस्थल निर्माण सुरु गर्ने विषय समावेश गरिएको थियो। तर, नीति तथा कार्यक्रमबारे संसदमा छलफल चलिरहँदा सर्वोच्च अदालतको वृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको हो । 

योसँगै सरकारले विमानस्थल निर्माणमा अहिलेसम्म खर्च गरेको ३ अर्ब रुपैयाँसमेत खेर गएको छ। विमानस्थल निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२ देखि सरकारले बजेटको व्यवस्था गरेको थियो। अहिले विमानस्थल निर्माणका लागि निजगढमा कार्यालय नै खुलेको छ।
विमानस्थल निर्माणका लागि आवश्यक जग्गा तारबार गर्ने कामसमेत भइसकेको छ। विमानस्थल निर्माण क्षेत्रमा पर्ने ७० बिघाभन्दा बढी जग्गाको मुआब्जा वितरण भइसकेको छ। मुआब्जामा मात्रै झन्डै ५० करोड खर्च भइसेको छ। यस्तो अवस्थामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनको आधिकारिकता र सेनामार्फत रूख कटान गर्ने सरकारी योजनाविरुद्ध परेको रिटको फैसला गर्दै विमानस्थल निर्माण नगर्न सर्वोच्चले आदेश दिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।