logo

पर्यटन बोर्डद्धारा नवनियुक्त सदस्य, नाट्टा र भिटोभका नयाँ कार्यसमितिको स्वागत, पर्यटन पुनरुत्थान हुने गरी बजेट ल्याइने

    1319   पटक पढिएको

१० जेठ/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डले बोर्डका नवनियुक्त सञ्चालक समितिका सदस्य तथा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोभ) को नयाँ कार्य समिति सदस्यलाई स्वागत गरेको छ ।
बोर्डमा आयोजित कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नवनियुक्त सदस्यहरुलाई स्वागत गरेका थिए ।
बोर्डका नवनियुक्त सदस्य मदन आचार्यले बोड नयाँ बजेटको तयारीमा रहेकोले सरोकारवाला सबैसँग छलफल र सम्न्वय गरेर बजेट निर्माण गर्ने बताए । उनले कोभिडले थलिएको पर्यटनलाई आन्तरिक तथा बाह्य रुपमा प्रर्वद्धन हुनेगरी बजेट निर्माण गरिने समेत जानकारि दिए ।
बोर्डका अर्का नव नियुक्त सदस्य मिलन देवकोटाले पछिल्लो समय पर्यटन विस्तारै लयमा फर्किन थालेको भन्दै सबैको सहकार्यमा पर्यटनलाई पूर्ववत अवस्थामा ल्याउन पहल गरिने बताइन ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले हरतरहले काम गरिरहेको जानकारी दिँदै पछिल्ला दिनमा पर्यटक आगमनमा भएको बृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा गर्न सकिने बताए ।
बोर्डका बरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले बोर्डलले हालसम्म गरेका कामहरुको जानकारी दिँदै आउने दिनमा नयाँ स्रोत बजारको पहिचान गरी सम्भाव्यताको अध्ययनमा बोर्ड केन्द्रित रहेको बताए ।
सोही अवसरमा बोर्डले क्यानडामा नेपालको प्रर्वद्धनमा काम गरिरहेका बोर्डका मानार्थ जनसम्पर्क प्रतिनिधि (एचपीआरआर) नरबहादुर टण्डनलाई पनि सोही अवसरमा सम्मान गरेको थियो । क्यानडा तथा अमेरिकामा आफ्नो ट्रकबाट नेपालको पर्यटन प्रवद्र्धनकालागि काम गरे वापत बोर्डले उनलाई सम्मान गरेको हो ।
कार्यक्रमा सम्मानित (एचपीआरआर) टण्डनले विदेशमा सरकारी निकायबाट भइरहेका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै प्रभावकारी कार्यक्रम गर्न सके अन्तरराष्ट्रिय पर्यटकलाई नेपाल ल्याउन सकिने बताए ।
बोर्डका कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले पर्यटन प्रर्वद्धनका लागि स्पष्ट योजना,बजेट तथा कर्मचारीको वृति विकासमा ध्यान दिन आग्रह गरे ।
नाटाका अध्यक्ष रमेश थापा र भिटोभका अध्यक्ष गोपाल थापाले कोभिडपछिको पर्यटन प्रर्वद्धनका लागि बोर्डसँग सहकार्य गरेर अघि बढ्ने धारणा राखे । सरसफाईको माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धनमा काम गरिरहेका राजमान मानवले पर्यटनका लागि सरसफाई आवश्यक भएको बताउँदै आ आफ्नो ठाउँबाट सरसफाइमा ध्यान दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।