logo

पर्वतारोहण संघको साधारणसभा स्थगन गर्न आह्वान

    1380   पटक पढिएको

८ जेठ/अर्थ र व्यापार – नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघको गैरीधारास्थित सिल्भर ओक बंैक्वेटमा बोलाईएको साधारण सभा बहिष्कार गर्न सबै सदस्यहरुलाई आग्रह गरिएको हो ।
पत्रकार सम्मेलन मार्फत संघका निर्वतमान अध्यक्ष आङछिरिङ शेर्पा, पुर्व अध्यक्ष जिम्बाजाङबु शेर्पा र कार्यसमिति सदस्य तुल्सी गुरुङले संघको गैरवैधानिक ३१औं साधारणसभा स्थगन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका हुन् । यसअघि संघको साधारणसभा विधानविपरित रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि कुनैपनि कामकारर्बाही नगर्न आदेश दिएको उनीहरुले बताएका छन ।
संघका बहुसंख्यक सदस्यहरु, आरोहीहरु, पर्यटन मजदुरहर तथा पर्यटन व्यवसायीहरु, हिमाल आरोहण तथा टे«किङ पेशामा काठमाडौं उपत्यकाभन्दा बाहिर ब्यस्त रहेको मौका छोपेर २ वर्ष अघि नै कार्यकाल समाप्त भइसकेका कार्यसमितिले संघको विधानविपरित केन्द्रीय सचिवालयले सोमबार गर्न लागेको साधारणसभा स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।
यसअघि समयमा गर्नुपर्ने केन्द्रीय कार्यसमितिको निर्वाचनलाई गौण बनाई विषयलाई पुनः निरन्तरता प्रदान गर्दै ३१औं वार्षिक साधारणसभा गत ९ चैतमा बोलाइएकोमा पाटन उच्च अदालतको अन्तरिम आदेश पछि स्थगित गरिएको थियो ।
सोमबार बोलाइएको साधारणसभा आरोही, ट्रेकिङ मजदुर तथा पर्यटन व्यवसायीलाई आफ्नै हक अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रको भण्डारफोर गर्दै आफुहरुले स्थगनको माग गरेको उनीहरुद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष आङछिरिङ शेर्पाले नेपाल पर्वतारोहण संघको कार्यकाल सकिएर २ वर्ष हुँदापनि कार्यसमितिको निर्वाचन गर्ने पहल नगरेको आरोप लगाए । उनले संघलाई आफुहरुले धेरै दबाब दिएपनि आलटाल गरेपछि आफुहरु तुरुन्तै निर्वाचन गर्नुपर्छ र चुनावबाट नयाँ कार्यसमिति चयनको पहल गरिदिन आग्रह गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको सुनाए । उनले संघको निर्वाचन तत्काल गर्नुपर्छ भनेर आफूहरु काठमाडौंस्थित् जिप्रकामा गएको स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो साधारणसभा संघको विधानविपरित रहेको भन्दै कुनैपनि कामकारवाही नगर्न लिखित आदेश दिएको हुनाले अब यस साधारण सभा सबैले बहिष्कार गर्नुपर्ने धारणा पनि उनले राखे । पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्ष जिम्बाजाङबु शेर्पाले प्रेस विज्ञिप्ती वाचन गरेका थिए । 

संघका पूर्व कोषध्यक्ष तथा नेपाल जनजाती महासंघका महासचिव एवं जसपाका नेता आङकाजी शेर्पाले यस संघले कार्यकाल सकिएको २ वर्षसम्म पनि निर्वाचन गर्न आलटाल गरेपछि जिल्ला प्रशासन कार्यालयले आगामी २७ र २८ बैशाखमा निर्वाचन घोषणा गरिदिएको सुनाए । उनले भने,‘नेपाल पर्वतारोहण संघले निर्वाचनमा आफ्नो पक्षका सदस्यहरु नभएपछि विधान मिचेर संशोधन गर्न साधारणसभा आयोजना गरेको आरोप लगाए । यसैगरि, उनले अब सबै सदस्यहरुले यो साधारणसभा बहिस्कार गर्नुपर्ने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।