logo

कीर्तिमानी आरोही कामीरिता २६ औं पटक सगरमाथा शिखरमा

    1028   पटक पढिएको

२५ बैशाख/अर्थ र व्यापार – कीर्तिमानी आरोही कामी रिता शेर्पा पुनः २६ औं पटक सगरमाथा शिखरमा पुगेका छन । उनले यसअघि २५ औं पटक गरेको आफ्नै कीर्तिमान तोड्दै शनिबार साँझ ६ः५५ बजे विश्वको सर्बोच्च शिखर सगरमाथाको शिखरमा पुग्न सफल भएका हुन । २६ औं पटक सगरमाथाको आरोहण गरेर उनले अर्को कीर्तिमान कायम गरेका हुन् ।
शेर्पा आइसफल डाक्टरको ११ सदस्यीय बाटो सफा बनाउने टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेको उनको आरोहण व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसन प्रालिले जानकारी दिएको हो ।
काठमाडौंस्थित सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कामीरिता सहित ११ जना नेपाली शेर्पाहरुको समुहले शनिबार बेलुकी ६ः५५ बजे सगरमाथा चुचुरोमा पाइला राखेको बताए । मिङमा शेर्पाले जानकारि गराए अनुसार विश्व कीर्तिमानी आरोही कामीरिताको नेतृत्वमा ११ जना शेर्पा गाइड शुक्रबार साँझ डोरी टाँगेर बाटो बनाउँदै चुचुरोतर्फ लागेका थिए । कीर्तिमानी आरोही कामीरिता सहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै र डोरी टाँग्दै शनिबार साँझ शिखरमा पुगेको हो ।
सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गरि कीर्तिमान राख्न सफल अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।
अर्का आरोही आप्पा शेर्पाको कीर्तिमान तोडेका कामीरिताले त्यतिबेला पनि आफ्नो काम नै सगरमाथा चढ्ने भएकाले स्वास्थ्यले साथ दिएमा अर्को कीर्तिमान बनाउने बताएका थिए । त्यसपछि उनले २३ औं, २४ औं र २५ औं पटक सगरमाथाको शिखर चुमेर आफ्नै कीर्तिमान तोड्दै अघि बढिरहेका थिए । अहिले पुनः उनी २६ औं पटक सगरमाथाको शिखरमा पुगेर नयाँ कीर्तिमान कामय गराएका हुन ।
यो नयाँ रेकर्डसँगै १३ मे १९९४ मा पहिलो पटक सगरमाथाको शिखर चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।
शनिबार आरोही कामीरितासँगै सगरमाथा शिखरमा पुगेका अन्य आरोहीहरुमा सोना शेर्पा, निग्मातासी शेर्पा । फुर्वाछिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पातेन्जी शेर्पा रहेका छन् ।
सोही आरोहण दलका फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार शेर्पाले पनि कामी रितासँगै सगरमाथा चुचुरोमा पुगेको सेभेन समिटले जनाएको छ ।
सगरमाथा आरोहणको उत्कृष्ट मौसम तथा अनुकुल समय यस पटकको बसन्त ऋतुको हिमाल आरोहणका लागि बाटो बनाउँदै शनिबार साँझ कामीरिता सहित ११ जना शेर्पाको समुह सगरमाथा चुचुरोमा पुगेको हुन । यो सफलता सँगै सोलुखुम्बुको थामेका ५२ वर्षीय आरोही कामीरिताले २६ औं पटक सगरमाथा चुमेर आफ्नै २५ औं पटकको विश्व कीर्तिमान तोडेका हुन ।
अब कामीरिता सहित यी सबै शेर्पाको समुह आइतबार बेलुकीसम्म सगरमाथा आधार शिविरसम्म फर्किने सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसनले जनाएको छ । कामीरिताको यो नयाँ कीर्तिमानको बारेमा पर्यटन विभागले अहिलेसम्म आधिकारिक जानकारी गराएको छैन । विभागले अब यही सेभेन समिट ट्रेक्स एण्ड एक्सीपिडिसनको प्रमाण र लाई आधार बनाएर नयाँ रेकर्ड कायम भएको मान्यता दिएर डिनिजबुकमा पठाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।